तिहारसँगै झिलिमिली बत्तीको व्यापार बढ्यो, एकै जनाको कमाई १ लाखसम्म
काठमाडौं, २९ असोज । तिहार भन्ने वित्तिकै सबैको मनमा झिलिमिली भन्ने कुरा आउँछ । तिहारको समयमा हरेक घर झिलिमिली बत्तीले सजिएको हुने गर्छ । आजभोलि तिहारका लागि भनी व्यावसायीहरुले फरक फरक डिजाइनका झिलिमिली बत्ती ल्याउने गरेका छन् । तिहार नजिकिएसँगै झिलिमिली बत्तीको व्यवसाय बढेको छ। विशेषतः राजधानीका न्यूरोड, महाबौद्ध, जमल लगायतका क्षेत्रमा व्यापारीहरुले दुलहीझैँ सिँगारेका छन्।
दिउँसैदेखि झिलिमिली बत्ती बालेर व्यपारीले ग्राहकलाई आकर्षित गर्ने गरेका छन्। अझ रातको समयमा झिलिमिली बत्तीकै कारण यहाँको दृष्य निकै रमाइलो देखिन्छ। यस्ता विद्युतीय झिलिमिली बत्ती अधिकाँश चीनबाट आउने गर्दछ। बजारमा विभिन्न थरीका बत्ती भएपनि ‘एलइडी १००’ धेरै बिक्ने गरेको महाबौद्धका ब्यापारी कृष्ण रेग्मीको अनुभव छ। पोहोरको तुलनामा यसपालि बत्तीको मूल्य नबढेको उनले बताए।
‘बत्तीको कन्टेनरहरु राजधानी आउने क्रम जारी छ, सबै आइसकेपछि अझै मूल्य घट्न पनि सक्छ’ उनले भने। यस्ता झिलिमिली बत्तीको ब्यापार गर्नेहरु यसलाई ‘रिस्की बिजनेस’ पनि भन्ने गरेका छन्। यस्ता बत्तीहरु टुटफूट हुन सक्ने र तिहारमा मात्र प्रयोग हुने भएकोले त्यसअगावै बेच्नुपर्ने वाध्यताले रिस्की भएको उनीहरुको भनाइ छ।
एक पटक यस्ता बत्ती किनिसकेपछि अर्को वर्ष पनि प्रयोग गर्न सकिन्छ। सुरक्षित तवरले यसलाई राख्ने हो भने धेरै वर्षसम्म प्रयोगमा ल्याउन सकिन्छ। ‘तिहारमा बत्ती कटाउन सकिएन भने त्यो सामान बेच्न फेरी १ वर्ष पर्खनु पर्छ, एक वर्षसम्म राख्दा टुटफूट हुन पनि सक्छ’ रेग्मीले भने।
दशैंको बेला १५ देखि २० घरमा झिलिमिली बत्ती राख्ने गरेका सन्जय कुमार सिंह तिहारको समयमा मात्र १ लाख बराबर कमाइ हुने बताउछन् । अरु बेला महिनाको ४० देखि ५० हजार रुपैयाँ कमाइ गर्ने गरेका सिंह तिहारको बेला भने अनफूलाई निकै फाइदा हुने गरेको बताउछन् । ‘कहिले काही काम नहुँदा त महिनामा ३० हजार पनि मुश्किलले कमाइ हुन्छ, तिहारको बेलामा भने १ लाख रुपैयाँ जति कमाइन्छ,’ उनी भन्छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












