तिहारसँगै झिलिमिली बत्तीको व्यापार बढ्यो, एकै जनाको कमाई १ लाखसम्म
काठमाडौं, २९ असोज । तिहार भन्ने वित्तिकै सबैको मनमा झिलिमिली भन्ने कुरा आउँछ । तिहारको समयमा हरेक घर झिलिमिली बत्तीले सजिएको हुने गर्छ । आजभोलि तिहारका लागि भनी व्यावसायीहरुले फरक फरक डिजाइनका झिलिमिली बत्ती ल्याउने गरेका छन् । तिहार नजिकिएसँगै झिलिमिली बत्तीको व्यवसाय बढेको छ। विशेषतः राजधानीका न्यूरोड, महाबौद्ध, जमल लगायतका क्षेत्रमा व्यापारीहरुले दुलहीझैँ सिँगारेका छन्।
दिउँसैदेखि झिलिमिली बत्ती बालेर व्यपारीले ग्राहकलाई आकर्षित गर्ने गरेका छन्। अझ रातको समयमा झिलिमिली बत्तीकै कारण यहाँको दृष्य निकै रमाइलो देखिन्छ। यस्ता विद्युतीय झिलिमिली बत्ती अधिकाँश चीनबाट आउने गर्दछ। बजारमा विभिन्न थरीका बत्ती भएपनि ‘एलइडी १००’ धेरै बिक्ने गरेको महाबौद्धका ब्यापारी कृष्ण रेग्मीको अनुभव छ। पोहोरको तुलनामा यसपालि बत्तीको मूल्य नबढेको उनले बताए।
‘बत्तीको कन्टेनरहरु राजधानी आउने क्रम जारी छ, सबै आइसकेपछि अझै मूल्य घट्न पनि सक्छ’ उनले भने। यस्ता झिलिमिली बत्तीको ब्यापार गर्नेहरु यसलाई ‘रिस्की बिजनेस’ पनि भन्ने गरेका छन्। यस्ता बत्तीहरु टुटफूट हुन सक्ने र तिहारमा मात्र प्रयोग हुने भएकोले त्यसअगावै बेच्नुपर्ने वाध्यताले रिस्की भएको उनीहरुको भनाइ छ।
एक पटक यस्ता बत्ती किनिसकेपछि अर्को वर्ष पनि प्रयोग गर्न सकिन्छ। सुरक्षित तवरले यसलाई राख्ने हो भने धेरै वर्षसम्म प्रयोगमा ल्याउन सकिन्छ। ‘तिहारमा बत्ती कटाउन सकिएन भने त्यो सामान बेच्न फेरी १ वर्ष पर्खनु पर्छ, एक वर्षसम्म राख्दा टुटफूट हुन पनि सक्छ’ रेग्मीले भने।
दशैंको बेला १५ देखि २० घरमा झिलिमिली बत्ती राख्ने गरेका सन्जय कुमार सिंह तिहारको समयमा मात्र १ लाख बराबर कमाइ हुने बताउछन् । अरु बेला महिनाको ४० देखि ५० हजार रुपैयाँ कमाइ गर्ने गरेका सिंह तिहारको बेला भने अनफूलाई निकै फाइदा हुने गरेको बताउछन् । ‘कहिले काही काम नहुँदा त महिनामा ३० हजार पनि मुश्किलले कमाइ हुन्छ, तिहारको बेलामा भने १ लाख रुपैयाँ जति कमाइन्छ,’ उनी भन्छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












