नाइजेरियाबाट आयातित वन्यजन्तु तथा पंक्षीहरुसहित ६ जना पक्राउ
काठमाडौं, १ कात्तिक । नाइजेरियाबाट आयातित वन्यजन्तु तथा पंक्षीहरुसहित ६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३ बाँसबारी सल्लाघारीस्थित संजीव भारीको घरमा नाइजेरियाबाट आयातित जिवित चराचुरुङ्गीको साथमा अबैध रुपमा लुकाई छिपाई ल्याइएको संरक्षित जिवित चिम्पाञ्जी र बाँदर प्रजातिहरुसहित ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३ बाँसबारी सल्लाघारी बस्ने ४० वर्षीय घरधनी संजीव भारी, काठमाडौं स्यम्भू बस्ने भारत बिहार पटनाका ३४ वर्षीय मोहम्मद उष्मान, भारतकै सोही ठाउँका ५४ वर्षीय मोहम्मद फईम, भारत उत्तरप्रदेश लखनउका ३५ वर्षीय चांदबाबू मोहम्मद शरीफ सहीद, काठमाडौं बुढानिलकण्ठ–१० कपन बस्ने बाराको डुमरवानाका भन्सार एजेन्ट ४२ वर्षीय राजकुमार तिवारी र पाकिस्तान कराँचीका ५५ वर्षीय जावेद अस्लाम खान रहेका छन् ।
नाइजेरियाबाट विभिन्न प्रजातिका संरक्षित पशुपंक्षीहरु पैठारी गरी नेपालबाट भारतमा समेत खरिद बिक्री तथा ओसरपसार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको हो ।
साथै जिवितै उद्दार गरिएका पशुपंक्षीहरु संरक्षणका लागि श्री सदर चिडियाखाना, जावलाखेल ललितपुरमा बुझाइएको छ । जिवितै उद्दार गरिएका पशुपंक्षीहरुमा चिम्पाञ्जी २, बाँदर प्रजाति ८, गोल्डेन फेजन चरा ७, रिङनेट फेजन चरा २, परेवा ३८ र सुगा ६५ ओटा रहेका छन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












