जुवाको खालबाट वडाध्यक्षसहित ३० जना पक्राउ, छुटाउन कांग्रेस नेताको दबाब
उदयपुर, २ कात्तिक । जुवाको खालबाट वडाअध्यक्षसहित ३० जना पक्राउ परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर बलम्पाकी मगरसहित ३० जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थमा पक्राउ गरेको हो । नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षसहितका जुवाडेलाई प्रहरीले रौतामाई गाउँपलिका –७, मुर्कुची बजारबाट पक्राउ गरेको हो ।
वडा अध्यक्षसँगै पक्राउ पर्नेहरुमा रौतामाई गापा ७ बस्ने भीमबहादुर मगर, रौतामाई ७ बस्ने धर्म तामाङ, सबिन आले, नारायण राय, रौतामाई ७ बस्ने अनिल थापा, त्रियुगा नगरपालिका ७ बस्ने जगत मगर, त्रिनपा १६ बस्ने उपेन्द्र मगर, देब ब।मगर, खड्ग बहादुर मगर रहेका छन ।
रौतामाई गापा ७ मुर्कुचि बजारस्थितमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सुकौराको प्रहरी टोलीले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जुवा खेल्नेहरुको साथबाट ८६ हजार नगदसहित १६ थान कौडा बरामद गरेको उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ ।
त्यसैगरी जिल्लाकै त्रियुगा नगरपालिका ११ संगमटोलबाट जुवा खेलिरहको अवस्थामा बीस जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक नवराज भट्टको नेतृत्वमा रहेको टोलीले घर घेराहाली छापा मार्दा नगद दुईलाख ७२ हजार ९ सय ८० सहित ३२ थान कौडा, ६ सय ८७ पत्ती तास, मोवाईल थान २१ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई छुटाउन जिल्ला प्रहरी कार्यालयमा बिहानैदेखि दोस्रो तहका नेताहरुको भिड लागेको छ । पहिलो तहका नेताहरु टिकटका लागि काठमाडौं गएकाले जिल्लामा रहेका दोस्रो तहका नेताहरु प्रहरी कार्यालयमा पुगेर छोड्न दबाव दिएका छन् ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











