तीन वर्षसम्म पनि बनेन भूकम्पपीडितको बास, अझै कति टहरामा बस्नुपर्ने ?
पाल्पा, २ कात्तिक । माथागढी गाउँपालिका–१, चिदीपानीस्थित खुमडाँडाका प्रकाश नेपालीको पाँचजनाको परिवार टहरामा रात बिताउन बाध्य छन् । घर भूकम्पले पूर्णरुपमा क्षति पुर्याएपछि तीन वर्षसम्म नेपालीले राहतसमेत पाउन सकेका छैनन् भने टहरामा रात बिताउने पिरलो अझै नहट्ने चिन्ता मनभरि छ ।
टहरोमा पाँचजनाको परिवार बस्ने, खाने र सुत्ने समस्या कमी छ । त्यसमा वर्षात्को समय टहराबाट बाहिर गएपछि रुझेको बिरालो जस्तो भइन्छ, बाँसले बारेको कर्कट पाताको अस्थायी टहरामा गर्मी र जाडोमा रात काट्न अति नै कठिन हुने नेपालीकोे दुखेसो छ, “ससाना बालबालिका छाडेर पैसा कमाउन विदेश जान सकिएन, विदेश जान पनि पैसा छैन ।” गरिब र दलित परिवारमा भूकम्पले क्षति पुर्याएपछि झनै समस्या झेल्न बाध्य छन् ।
बाँस बस्ने घर, गाईबाख्रा पालन गर्ने गोठसमेत भूकम्पले क्षति गरेपछि सम्पत्तिका नाममा तीन महिना खान नपुग्ने बारी मात्र छ । मकैबाली उत्पादन गरे पनि जीविकोपार्जनका लागि मजदुरी गर्न बाध्य छन् । मजदुरी गरी जीविकोपार्जन गर्न नै निकै कष्ट हुने घरपरिवारका लागि आफ्नै लगानीमा घर बनाउने भन्ने कुरा दीवास्वप्न जस्तै भएको छ ।
सरकारले रु तीन लाख भूकम्पपीडितलाई घर बनाउन सहयोग गर्ने भने पनि अहिलेसम्म राहत नपाएको गुनासो उनीहरुको छ । सरकारले पहिलो किस्ताबापत रु ५० हजार सहयोग गरे पनि नेपालीले अझै पाउन नसकेको बताउनुभयो ।
मजदुरी गरी जसोतसो जीविकोपार्जन गर्ने नेपालीलाई तीन सन्तानलाई पढाउन लेखाउन एक हजारभन्दा बढी खर्च जुटाउन महाभारत हुन्छ । भूकम्पपीडितका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरे पनि गरिब र दलित परिवारसम्म त्यस्ता कार्यक्रमले समेट्न नसकेको हो ।
चिदीपानीको खुमडाँडाका ६५ वर्षीय रामचन्द्र गिरीको पानी पर्यो भने बस्ने ठाउँ छैन, अन्नबाली भित्र्याउने ठाउँ छैन, अस्थायी टहरामा चारजनाको परिवारले जसोतसो रात बिताउन बाध्य भएको बताउँछन् । “पहुना आउँदा समस्या हुन्छ, नआइदिनुहोला घरमा बस्ने बाँस छैन, भन्नुपर्ने अवस्था छ”, गिरीले दुखेसो व्यक्त गर्नुभयो ।
“भूकम्पपीडितलाई पैसा आयो भन्छन्, पैसा कता आयो कता, हामीले पहिलो किस्ताबापतको रकमसमेत पाइएको छैन । तीनवटा दशैँ टहरामा बितेपछि अब त दशैँ तिहार आउनभन्दा नआउँदा ठीक होला जस्तो भएको छ”, गिरीका बुहारी राधिका गिरीले थप्नुभयो, “दशैँ भूकम्पपीडितका लागि दशा बन्यो ।”
स्थानीय बासिन्दा ८७ वर्षीय त्रिलोचन गिरीले घर तीनतिरबाट भत्केकाले सुत्न नपाएकामा दुखेसो पोख्नुभयो । भत्केको घर अगाडि टहरामा रात बिताउन समस्या भएको छ । घरमा बस्ने ठाउँको अभावका कारणले नौजनाको परिवार रहेको घरमा अहिले कान्छो छोराको परिवार बाहिर बस्न थालेको छ । उज्यालो भएको बेला दिनमा घरमा पसे पनि रातिमा बस्न मिल्ने छैन ।
अर्का भूकम्पपीडित घनश्याम गिरीले पहिला बाँस नभएपछि बुटवलमा भाडामा बस्न बाध्य भएको बताउनुभयो । यहाँ टहरा बनाएर अहिले बसेका छौँ, सुत्ने भुइँमा नै हो, टहरामा पस्दा निहुरिनुपर्छ, ठूलो बनाउँदा हावाले उडाउने समस्याले सानो टहरा बनाएको हो ।
अर्का भूकम्पपीडित जयबहादुर कार्कीको छजनाको परिवार जसोतसो टहरामा रात बिताउन बाध्य भएको छ । चाडपर्व आउँदा समस्या हुने पाहुनालाई कता राख्ने भन्ने समस्या बढी हुने गर्छ । घर बनाउन सकिएको छैन, एकातर्फ पैसा छैन, अर्कोतर्फ प्राविधिक नआएपछि घर बनाउने काममा अन्योल थपिएको छ । हामीले बनाएको घर प्राविधिकले हुँदैन भनेमा खर्च बढी हुने भएपछि घर बनाउने काम रोकिएको छ, गाउँमा टाठाबाठा मान्छे नहुँदा समस्या भएको कार्की बताउनुहुन्छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












