‘पार्कर’ दिनेश सुनारले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाए ( भिडियो)
काठमाडौं, ९ कात्तिक । सशस्त्र प्रहरी जवान दिनेश सुनारले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका छन् । भित्तामा एक मिनेटमा १८ पटक उल्टो फ्लिप गर्न सफल भएको भन्दै गिनिज बुक अफ वल्र्ड रेकर्डले उनको नाम प्रकाशन गरेको हो । अहिलेसम्म १ मिनेटमा १५ पटकसम्मको रेकर्ड उनले तोडेका हुन् । ‘मिहेनत खेर गएन, यो सफलता मसँगै नेपालको, सशस्त्र प्रहरी र मलाई साथ दिने सवैको हो ।’
उनी केही दिनपछि अमेरिका जाँदैछन् । वल्र्ड फ्रिरनिङ पार्कर फेडेरेशनले तालिमका लागि उनलाई बोलाएको छ । पूर्वी पहाडी जिल्ला खोटाङको राजापानीका विर्खबहादुर सुनार र रीता सुनार छोरा दिनेश सुनारले गाउँमा उफ्रिएर, उल्टिएर जीवनको यो यात्रा सुरू गरेका थिए । सशस्त्र प्रहरीका तत्कालिन प्रमुख सनत बस्नेतले उठाएर हलचोकमा ल्याएका थिए । सशस्त्र प्रहरी संगठनभित्र उनलाई एउटा अब्बल ‘पार्कर’ भनिन्छ । जिम्न्यास्टिकजस्तै विभिन्न विधामा उल्टिने, उफ्रिनेलगायतका कलालाई पार्कर भनिन्छ ।
नेपालमा ‘पार्कर’ खोज्दा निक्कै कम भेटिन्छन् । कम मध्येका पनि दिनेश यति तिक्ष्ण छन् की उनको तुलना सम्भवतः नेपालमा कसैसँग हुँदैन । रबर जस्तो छ उनको ज्यान । जता खुम्चाएपनि खुम्चिने प्रकारको । पार्कर थालेको ८ वर्षमा विश्व रेकर्ड राख्न उनी सफल भएका हुन् ।
हवल्दार सुन्तली, हँसिया, किस्मत २ जस्ता फिल्ममा उनले स्टन्ट म्यानको भुमिका निर्वाह गरिसकेका छन् । उनको यहि कलाका कारणले फिल्मनगरीमा पनि उनको माग बढ्दो छ । २ वर्षसम्म अनवरत अभ्यास गरेपछि पार्कर गर्न सफल भएका दिनेशका भिडियो युट्युवमा पनि चर्चामा छन् । ‘मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका हुन् ।
Comments
अरु समाचार
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...











