महिलाहरु सेक्सपछि चरमसुखका बेला कस्ता देखिन्छन् (तस्विरहरु)
एजेन्सी, ९ कात्तिक । भनिन्छ, एउटा तस्विरले हजार शब्द बयान गर्छ । तर, अहिले यतिबेला एउटा फोटो श्रृंखलाले कुनै विषयको बखान मात्र होइन, एउटा दरिलो सन्देश दिन खोजिरहेको छ । यौन अहिले पनि वर्जित विषय मानिन्छ । महिलाको हकमा त यसबारे खुलेर कुरै गर्न मान्दैनन् ।
यौनबारे महिलाको बुझाई, चाहना र आवश्यकतालाई लज्जाको विषय बनाइएको छ । महिलाको यौनिकताबारे यही संकिर्णतालाई चिर्न ब्राजिलियन फोटोग्राफर तथा चलचित्र निर्देशक मार्कोस अल्बर्टीले एउटा सेक्स खेलौना कम्पनी स्माइल मेकर्ससँग मिलेर एउटा फोटो श्रृंखला तयार गरेका छन् । यसको नाम ओ प्रोजेक्ट राखिएको छ ।
अल्बर्टीले विभिन्न जात, समुदाय, उमेर समूह र राष्ट्रियताका २२ महिलाहरुको तस्विर कैद गरेका छन् । यसमा उनले महिलाहरुको ‘आनन्दका चार चरण’ प्रस्तुत गरेको बताएका छन् । जसमा चरमसुख अघि, हस्तमैथुन गरिरहँदा, चरमसुख प्राप्त गर्दा र चरमसुख प्राप्त गरेपछिको तस्विर समावेश गरिएको छ ।
यद्यपि, यसका लागि महिलाहरुलाई मनाउन भने सजिलो थिएन । अल्बर्टी सम्झिन्छन्, ‘महिलाहरुले ममाथि भरोसा गरुन् भनेर मैले त्यस्तै वातावरण बनाउन जरुरी थियो ।’ उनले फोटो खिच्दा एउटा कालो पर्दामा सानो प्वाल बनाएर फोटो खिचेको थिएँ । जसबाट उनले महिलाको कम्मरभन्दा तलको भाग देख्न सक्दैन थिए । तस्विरमा पनि महिलाको अनुहारको भावलाई मात्र प्रस्तुत गरिएको छ ।
यो प्रोजेक्टको एउटै उद्देश्य थियो । महिलाहरुलाई आफ्नो यौनिकतामा नियन्त्रण राख्न सक्षम बनाउनुपर्छ । ‘यौन सुख प्राप्त गर्नु वा महिलालाई खुसी बनाउन कुनै लज्जाको विषय होइन,’ स्माइल मेकर्सका ग्लोबल ब्रान्ड म्यानेजर फान याङ भन्छिन् ।
प्रोजेक्टका लागि २ हजारभन्दा बढी महिलाले आवेदन दिए पनि २२ जनाले मात्र यो प्रक्रियामा समावेश हुन सहमत भएका थिए । यसमा विद्यार्थी, म्यान्जेरदेखि कलाकारसम्म, विवाहितदेखि अविवाहितसम्म र विभिन्न उमेर समूहका महिलाहरु समावेश थिए ।
महिलाले हस्तमैथुन गर्ने कुरालाई हेयको दृष्टिले हेरिन्छ । यसबारे कमै बोल्न मान्छन् । तर, यस विषयमा महिलाहरुसँग खुलेर कुरा गर्न पाएकोमा अल्बर्टी खुसी छन् । ‘जब तपाईं यौन जस्तो विषयलाई हँसी–मजाक गर्दै सहज ढंगले अघि बढाउन खोज्नुहुन्छ, तब मानिसहरु विस्तारै खुल्न थाल्छन्, उनीहरु खुला रुपमा आफ्नो अनुभव सुनाउन थाल्छन् । यसले उनीहरुको मानसिकतामा परिवर्तन ल्याउँछ ।’
अल्बर्टीले यसअघि सन् २०१६ मा ‘थ्री ग्लास लेटर’ (तीन ग्लास पछि) नामक फोटो श्रृंखला ल्याएका थिए । जुन त्यतिबेला भाइरल नै बनेको थियो । उक्त फोटो सिरिजमा उनले एक, दुई र तीन ग्लास वाइन खाएपछि मानिसको भावका तस्विरहरु कैद गरेका थिए । ‘म जहिले पनि मानिसहरुको विशेष पललाई कैद गर्न चाहन्छु । यसका लागि गम्भिर विषयलाई सहज तरिकाले प्रस्तुत गर्न खोज्छु,’ ४० वर्षीय फोटोग्राफरले भने ।
उनको वाइन प्रोजेक्टबाट प्रभावित भएरै याङले यो प्रोजेक्टका लागि प्रस्ताव गरेकी थिइन् । ‘कुनै पनि गम्भिर वा वर्जित भनिएका विषयलाई उनले सहज र हाँस्यरससहित प्रस्तुत गर्न सक्ने क्षमताबाट म प्रभावित छु । यसरी नै महिलाको यौनिकताको विषयलाई सम्बोधन गर्नुपर्छ,’ याङले भन्छिन् ।
यो फोटो श्रृंखलाले अहिले विश्वभरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । अल्बर्टी यस्तो प्रतिक्रिया आउने कुरामा पहिले नै ढुक्क थिए । ‘मलाई थाहा थियो, यो प्रोजेक्ट सफल हुनेछ किनभने यो अरुभन्दा भिन्न थियो,’ उनी भन्छन् ।
आफ्नो तस्विर देखेपछि ती २२ महिलाहरु आश्चर्यचकित भएको कुरा अल्बर्टी । ‘चरमसुखको अवस्थामा आफ्नो तस्विर देखेर उनीहरु आश्चर्यमा परेका थिए । त्यो पल निकै रमाइलो थियो । कुनै वर्जित विषयमा काम गर्ने पहिलो व्यक्ति हुन त्यति सजिलो पनि हुँदैन,’ उनले भने, ‘यस प्रोजेक्टको उद्देश्य थाहा पाएपछि हरेकले खुलेर सहयोग गरे । म उनीहरुको यो निर्भिकताको सम्मान गर्छु ।’
यता, सामाजिक सञ्जाल भने यस विषयमा विभाजित देखिएको छ । धेरैले वर्जित कुरालाई बहसको विषय बनाएको भन्दै यसको तारिफ गरेका छन् भने चरमसुखजस्तो व्यक्तिगत विषयलाई सार्वजनिक रुपमा प्रस्तुत गरेको भन्दै आलोचना गर्नेहरु पनि देखिएका छन् ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












