महिलाहरु सेक्सपछि चरमसुखका बेला कस्ता देखिन्छन् (तस्विरहरु)
एजेन्सी, ९ कात्तिक । भनिन्छ, एउटा तस्विरले हजार शब्द बयान गर्छ । तर, अहिले यतिबेला एउटा फोटो श्रृंखलाले कुनै विषयको बखान मात्र होइन, एउटा दरिलो सन्देश दिन खोजिरहेको छ । यौन अहिले पनि वर्जित विषय मानिन्छ । महिलाको हकमा त यसबारे खुलेर कुरै गर्न मान्दैनन् ।
यौनबारे महिलाको बुझाई, चाहना र आवश्यकतालाई लज्जाको विषय बनाइएको छ । महिलाको यौनिकताबारे यही संकिर्णतालाई चिर्न ब्राजिलियन फोटोग्राफर तथा चलचित्र निर्देशक मार्कोस अल्बर्टीले एउटा सेक्स खेलौना कम्पनी स्माइल मेकर्ससँग मिलेर एउटा फोटो श्रृंखला तयार गरेका छन् । यसको नाम ओ प्रोजेक्ट राखिएको छ ।
अल्बर्टीले विभिन्न जात, समुदाय, उमेर समूह र राष्ट्रियताका २२ महिलाहरुको तस्विर कैद गरेका छन् । यसमा उनले महिलाहरुको ‘आनन्दका चार चरण’ प्रस्तुत गरेको बताएका छन् । जसमा चरमसुख अघि, हस्तमैथुन गरिरहँदा, चरमसुख प्राप्त गर्दा र चरमसुख प्राप्त गरेपछिको तस्विर समावेश गरिएको छ ।
यद्यपि, यसका लागि महिलाहरुलाई मनाउन भने सजिलो थिएन । अल्बर्टी सम्झिन्छन्, ‘महिलाहरुले ममाथि भरोसा गरुन् भनेर मैले त्यस्तै वातावरण बनाउन जरुरी थियो ।’ उनले फोटो खिच्दा एउटा कालो पर्दामा सानो प्वाल बनाएर फोटो खिचेको थिएँ । जसबाट उनले महिलाको कम्मरभन्दा तलको भाग देख्न सक्दैन थिए । तस्विरमा पनि महिलाको अनुहारको भावलाई मात्र प्रस्तुत गरिएको छ ।
यो प्रोजेक्टको एउटै उद्देश्य थियो । महिलाहरुलाई आफ्नो यौनिकतामा नियन्त्रण राख्न सक्षम बनाउनुपर्छ । ‘यौन सुख प्राप्त गर्नु वा महिलालाई खुसी बनाउन कुनै लज्जाको विषय होइन,’ स्माइल मेकर्सका ग्लोबल ब्रान्ड म्यानेजर फान याङ भन्छिन् ।
प्रोजेक्टका लागि २ हजारभन्दा बढी महिलाले आवेदन दिए पनि २२ जनाले मात्र यो प्रक्रियामा समावेश हुन सहमत भएका थिए । यसमा विद्यार्थी, म्यान्जेरदेखि कलाकारसम्म, विवाहितदेखि अविवाहितसम्म र विभिन्न उमेर समूहका महिलाहरु समावेश थिए ।
महिलाले हस्तमैथुन गर्ने कुरालाई हेयको दृष्टिले हेरिन्छ । यसबारे कमै बोल्न मान्छन् । तर, यस विषयमा महिलाहरुसँग खुलेर कुरा गर्न पाएकोमा अल्बर्टी खुसी छन् । ‘जब तपाईं यौन जस्तो विषयलाई हँसी–मजाक गर्दै सहज ढंगले अघि बढाउन खोज्नुहुन्छ, तब मानिसहरु विस्तारै खुल्न थाल्छन्, उनीहरु खुला रुपमा आफ्नो अनुभव सुनाउन थाल्छन् । यसले उनीहरुको मानसिकतामा परिवर्तन ल्याउँछ ।’
अल्बर्टीले यसअघि सन् २०१६ मा ‘थ्री ग्लास लेटर’ (तीन ग्लास पछि) नामक फोटो श्रृंखला ल्याएका थिए । जुन त्यतिबेला भाइरल नै बनेको थियो । उक्त फोटो सिरिजमा उनले एक, दुई र तीन ग्लास वाइन खाएपछि मानिसको भावका तस्विरहरु कैद गरेका थिए । ‘म जहिले पनि मानिसहरुको विशेष पललाई कैद गर्न चाहन्छु । यसका लागि गम्भिर विषयलाई सहज तरिकाले प्रस्तुत गर्न खोज्छु,’ ४० वर्षीय फोटोग्राफरले भने ।
उनको वाइन प्रोजेक्टबाट प्रभावित भएरै याङले यो प्रोजेक्टका लागि प्रस्ताव गरेकी थिइन् । ‘कुनै पनि गम्भिर वा वर्जित भनिएका विषयलाई उनले सहज र हाँस्यरससहित प्रस्तुत गर्न सक्ने क्षमताबाट म प्रभावित छु । यसरी नै महिलाको यौनिकताको विषयलाई सम्बोधन गर्नुपर्छ,’ याङले भन्छिन् ।
यो फोटो श्रृंखलाले अहिले विश्वभरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । अल्बर्टी यस्तो प्रतिक्रिया आउने कुरामा पहिले नै ढुक्क थिए । ‘मलाई थाहा थियो, यो प्रोजेक्ट सफल हुनेछ किनभने यो अरुभन्दा भिन्न थियो,’ उनी भन्छन् ।
आफ्नो तस्विर देखेपछि ती २२ महिलाहरु आश्चर्यचकित भएको कुरा अल्बर्टी । ‘चरमसुखको अवस्थामा आफ्नो तस्विर देखेर उनीहरु आश्चर्यमा परेका थिए । त्यो पल निकै रमाइलो थियो । कुनै वर्जित विषयमा काम गर्ने पहिलो व्यक्ति हुन त्यति सजिलो पनि हुँदैन,’ उनले भने, ‘यस प्रोजेक्टको उद्देश्य थाहा पाएपछि हरेकले खुलेर सहयोग गरे । म उनीहरुको यो निर्भिकताको सम्मान गर्छु ।’
यता, सामाजिक सञ्जाल भने यस विषयमा विभाजित देखिएको छ । धेरैले वर्जित कुरालाई बहसको विषय बनाएको भन्दै यसको तारिफ गरेका छन् भने चरमसुखजस्तो व्यक्तिगत विषयलाई सार्वजनिक रुपमा प्रस्तुत गरेको भन्दै आलोचना गर्नेहरु पनि देखिएका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












