राप्रपाबाट उम्मेदवार बनेका कलाकार रविन्द्र खड्का एमालेमा प्रवेश
बनेपा, ९ कात्तिक । काभ्रेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् । मसिंर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ काभ्रे क्षेत्र नम्वर १ बाट सर्वसम्मत सिफारिस भएका राप्रपाका केन्द्रीय सदस्य एंव कलाकार रविन्द्र खड्का नेकपा एमालेमा प्रवेश गरेका हु्न ।
लामो समय कलाकारितामा रहेका खड्का पछिल्लो समय राजनीतिमा सक्रिय हुँदै आएका थिए। उनले बिहीवार काभ्रेमा पत्रकार सम्मेलन गरी राप्रपा पार्टी परित्याग गरेर एमाले प्रवेश गरेको घोषणा गरेका हुन्। पार्टीले लिएको नीति, सिद्धान्त र कार्यकर्ताको विचार विपरीत चुनावी तालमेल र सहमति गरेको आरोप लगाउँदै आफू राष्ट्रवादी दलमा बसेर काम गर्ने बताए । ‘राप्रपा सदाका लागि परित्याग गर्दै राष्ट्रवादी दलसँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका नेतालाई विजयी गराउन लाग्नेछौ’ उनले भने ‘अब मेरो साथ र समर्थन एमालेलाई हुनेछ।’
पनौती नगरपालिकाको मेयरका उम्मेदवार भएर पराजित बनेका खड्का राप्रपा निकट रहेको राष्ट्रवादी कलाकार मञ्चको केन्द्रीय अध्यक्ष रहिसकेका छन्। उनीसँगै राप्रपाबाट प्रदेशसभामा प्रत्यक्षतर्फबाट उम्मेदवार सिफारिस भएका शंकरलाल श्रेष्ठसहित ५० जना नेता कार्यकताले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












