न्यौपानेको ‘स्वर्णीम समय’ प्रेरणादायी पुस्तक
नवलपरासी । पत्रकार तथा लेखक दामोदर न्यौपानेको चौथो कृति ‘स्वर्णिम समय’माथि नवलपरासीको देउचुलीमा अन्तरक्रिया गरिएको छ । जागृति युवा तथा बाल सरोकार नेपालले आयोजना गरेको दोस्रो बालिका संमलनको अवसर पारेर न्यौपानेको कृतिमाथि अन्तरक्रिया गरिएको हो । अन्तरक्रियका सहभागीले न्यौपानेको पुस्तक प्ररणादायी रहेको प्रतिक्रिया दिए ।
पुस्तकमाथि प्रतिक्रिया दिंदै बालअभियन्ता राजु चापागाईले चर्चित व्यक्तिका राम्रा कुरालाई आत्मसात गरेर अघि बढ्न प्रेरणा मिल्ने बताए । ‘विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वका बाल्यकाल कस्तो थियो र अफ्ठेरा परिस्थिती पार गर्दै कसरी अघि बढे भनेर थाहा हुन्छ,’ उनले भने, ‘पुस्तक पढौं पढौं लाग्ने छ । यस्तो पुस्तक बालबालिकालाई पढ्न दियो भने पठन संस्कृति बढ्छ ।’ न्यौपानेका अघिल्ला पुस्तक कर्म : सिकाइमा गहिरएको खाडल र एमबुसमा ६ वर्ष पनि आफूले पढेको वताउँदै उनले भने, ‘न्यौपानको लेखनमा कुनै मुद्धा समातिएको हुन्छ । समस्यालाई उठाउने काम गरिएको हुन्छ । कर्मले बालबालबालिकाको मुद्दा बलियो गरि उठाएको छ । बालबालिकामा लगानी गर्न प्रोत्साहन गरको छ । स्वर्णिम समयले कर्मले जस्तै स्वर्णिम समयले पनि बालबालिकाकै फेरो समाएको छ ।’ शिक्षक समेत रहेको उनले बालबालिकालाई समाज चिनाउने खालका पुस्तक पढ्न प्रोत्साहन गर्नु पर्ने बताए । ‘यो पुस्तक कम्तिमा पनि स्थानीय तहका जनप्रतिनिधीले पढ्ने हो भने केही न केही विचार परिर्तन हुने थियो,’ उनले भने, ‘तर अधिकांश जनप्रतिनीधीमा पठन संस्कृति छैन । न्यौपानेका पछिल्ला पुस्तकले बालबालिका इस्युलाई राष्ट्रिय रुपमा उठाएको छ ।’
स्वर्णिम समयमा विभिन्न क्षेत्रका चर्चित र सफल व्यक्तिका बाल्यकाल, बालापन लगायत त्यतिबेला ति व्यक्तिले व्यहोरेका सामाजिक, आर्थिक, शैक्षिक, भूगोल लगायतका विषय समावेश गरिएका छन् । देउचुली नगर स्तरीय बालक्लब संजालका अध्यक्ष अर्वान मियाले यो पुस्तकले बालबालिकालाई पनि पढ्न प्रोत्साहन गर्ने बताए । ‘पछिल्लो समय प्रेमलाई प्रोत्साहन दिने पुस्तक बजारमा बढी आएका छन् विकेका पनि छन्,’ मियाले भने, ‘तर यस्ता किताब बालमैत्री होइनन् । बालबालिकाले पढ्न सक्दैनन । बुबा आमाले पढ् भनेर छोराछोरीलाई दिन सक्दैनन् । बालबालिकाले पनि मैंले यस्तौ पुस्तक पढें भनेर अभिभावकलाई दिन सक्दैनन् । त्यही भएर बजारमा बालमैत्री गैरआख्यान पुस्तक छैनन् । यो अभाव न्यौपानेका पुस्तकले पूरा गरेका छन् । त्यही भएर स्कुल स्कुलमा पु¥याउनु पर्छ । हामी टोल टोलमा पुस्तक पु¥याउन पहल गर्छौ ।’ बालक्लब संजालका सदस्य घनश्याम सुवेदीले गाउ“को अवस्था र सहरको अवस्था, अहिलेको बालबालिकाको समस्या र पहिलाको बालबालिकाको अवस्था, गाउ“को कार्यशैली र सहरको कार्यशैली लगायत थाहा पाउन सहयोग पुग्ने प्रतिक्रिया दिए । ‘सबैले संघर्ष गरेरै सफल भएका हुन्,’ उनले भने, ‘समस्या पर्दा पनि विचलित भइएन भने सफल भइन्छ भन्ने शिक्षा पुस्तकले दिएको छ ।’
लेखक न्यौपानेले बालबालिका, शिक्षा, सिकाइमा आफ्नै समाज अध्ययन गरेर लेखिएका गैरआख्यानको कमी भएकाले आफूले निरन्तर पुस्तक लेखेको बताए । ‘बजारमा बालबालिका केन्द्रित पुस्तक नगन्य छन्,’ न्यौपानेले भने, ‘भएका पनि विदेशी लेखकका अनुवाद गरिएका पुस्तक छन् । शिक्षण सिकाइ, बालबालिकाका विषयमा अध्ययन गरिएर लेखिएका पुस्तकका केही आइटम बढुन् भनेर मैंले लगातार लेखेको हुँ ।’ न्यौपानेले यो वर्ष बालबालिका केन्द्रित तीन पुस्तक ल्याएका छन् । गत वर्ष बालबालिका, शिक्षण , सिकाइ र समाजका विभिन्न क्षेत्रमा अनुसन्धान गरेर लेखिएको कर्म : सिकाइमा गहिरिएको खाडल ल्याएका थिए । डेढ महिना अघि बालचित्रकथा ट्यालेन्ट शो ल्याएका थिए भने स्वर्णिम समय दुई साता अघि इटर्नल पब्लिकेसनले बजारमा ल्याएको थियो । उनको पहिलो पुस्तक एमबुसमा ६ वर्ष चार वर्ष पहिला सार्वजनिक भएको थियो ।
http://news-nepal.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%bf%e0%a4%ae-%e0%a4%b8%e0%a4%ae%e0%a4%af-%e0%a4%b5%e0%a4%bf%e0%a4%ae%e0%a5%8b%e0%a4%9a%e0%a4%a8-%e0%a4%95%e0%a4%be/
http://news-nepal.com/%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%b5%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a0-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%ae/
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











