बजारमा बेमौसमी काँक्रो
पोखरा, १२ कात्तिक ।क्रमिकरूपमा चिसो बढ्दै गएको अवस्थामा उत्पादन घटे पनि बजारमा काँक्राको अभाव हुन नदिन यहाँका एक किसानले यतिखेर बेमौसमी काँक्रो उत्पादन गरेर बजारमा ल्याएका छन् ।
पोखरालेखनाथ महानगरपालिका– १४ चाउथेका किसान केबल गौतमले अत्याधुनिक प्रविधि हाइ–टेक (हरितगृह) भित्र बेमौसमी काँक्रो फलाएर यसै हप्ताबाट पोखरा बजारमा ल्याउनुभएको हो । कृषि विकास मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत निर्माण भरिएको तापक्रम अनुकूलित हरितगृहमा बेमौसमी काँक्रो उत्पादन गरेर बजारमा ल्याउन सफल भएको किसान गौतमको भनाइ छ ।
“भदौ महिनाको अन्तिमसाता हरितगृहमा लगाएको कोरियन ७०१, ७०३ र ७०४ जातका लभगभ दुई हजार बिरुवाले उत्पादन दिन शुरु गरेका छन्,” उहाँले भन्नुभयो, “कात्तिक ९ गते पहिलो पटक एकैदिनमा लगभग छ हजार मूल्य बराबरको ५२ केजी काँक्रो टिपेर बजारमा पठाउन सफल भएको हुँ ।” उहाँका अनुसार हेर्दा गाढा हरियो रंगको देखिने काँक्रो पहिलो पटक बजारमा आएको हुँदा उपभोक्तालाई अनौठो लागे पनि नरम र स्वादिलो भएका कारण बालबालिका र उमेर ढल्केकालाई समेत खान सहज हुन्छ । बजारमा काँक्रोको प्रतिकिलो रू १२० देखि १५० सम्ममा बिक्री गर्ने सोच रहेको उहाँले बताउनुभयो ।
परियोजनाको ८५ लाख अनुदान र १५ लाख आफ्नोसहित एक करोडको लागतमा तीन हजार १२३ वर्गमिटरको हरित गृहबाट दैनिक ५० हजार मूल्य बराबरको पाँच सयकेजी काँक्रो उत्पादन गरेर मासिक डेढ लाख आम्दानी गर्ने लक्ष्य राखे पनि काँक्रो नौलो जात भएका कारण बजारिकणमा भने कठिनाई भएको उहाँले बताउनुभयो ।
अपांग भएर पनि ह्विलचियरको सहायतामा विगत लामो समयदेखि व्यावसायिक तरकारीमार्फत स्वदेशमै मनग्गे आम्दानी गरी समाजका सपांगलाई चुनौती दिँदै आउनुभएका कृषक गौतमले हरितगृहभित्र काँक्राको अलवा गोलभेँडा, रायोसाग, धनिया, भेडेखुर्सानी लगायतका विभिन्न मौसमी तथा बेमौसमी तरकारीखेती गरी मासिक एक लाख भन्दा बढी आम्दानी गर्ने जानकारी दिनुभयो ।
परियोजनामार्फत आलु गाउँकोरूपमा परिचित पोखरा लेखनाथ २५ हेमजामा एघार वटा कृषि सहकारीको सहकार्यमा लभगभ आठ रोपनी क्षेत्रफलमा हाइटेक निर्माण गरी बेमौसमी गोलभँेडा र थाइल्याण्डको काँक्रो उत्पादनको तयारीमा रहेको र निकट भविष्यमा बजारमा आउने हरितगृहमा सञ्चालक समितिका अध्यक्ष धर्मराज बास्तोलाले जानकारी दिनुभयो ।
आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकिकरण, व्यावसायिकरण र औद्योगिकिकरण भन्ने मूलनाराका साथ सरकारले शुरु गरेको परियोजनाबाट अनुदान लिएर पहिलो पटक हेमजा, गगनगाँैडा, सुन्दरीबजार, चाउथे, मझेरीपाटनमा हरितगृहमा निर्माण भइसकेका छन् ।
त्यस्तै शिशुवामा कृषि प्रविधि केन्द्र, लामातरा र पुम्दीभूम्दीमा स्थलगत तालीम केन्द्र, फलेपाटनमा प्रांगारिक मल, बाँझापाटनमा पोष्ट हर्भेष्ट, नागढुंगामा कस्टम हाइरिग र कालिकास्थानमा सिँचाइ योजना सञ्चालनमा आएको परियोजना प्रमुख महेन्द्र कौडालले जानकारी दिनुभयो ।
उहाँका अनसार परियोजनाको ८५ प्रतिशत र १५ प्रतिशत सम्बन्धित फर्मको रकमका आधारमा जिल्लामा व्यावसायिक तरकारीखेती विकास तथा विस्तारका लागि सो परियोजनाको कूल रू ११ करोड ६१ लाख ७० हजार विनियोजन भएकामा समयको अभाव र आवश्यक सामग्री तथा जनशक्ति समेत परनिर्भर भएकाले उत्पादन तोकिएको समय भन्दा केही ढिलो भए पनि बजारमा आउन थालेको छ ।
सिधँै घाम, पानी, कीरा प्रवेश गर्न नसक्ने र बिरुवालाई आवश्यकता अनुसार लगभग ५ डिग्रीसम्म तापक्रम तलमाथि गर्न सकिने छ भन्दै उहाँले अत्याधुनिक प्रविधियुक्त हरितगृहमा उत्पादित गुणस्तरीय बिरुवाले तरकारी खेती विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै कास्कीलाई तरकारीमा आत्मनिर्भर बनाउने परियोजनाको लक्ष्य रहेको बताउनुभयो ।
“कास्की जिल्लामा कुल एक हजार हेक्टर जमिनमा तरकारीखेती विस्तार गरिने परियोजनाको कार्यक्रम रहेको छ,” प्रमुख कौडालले भन्नुभयो “कस्टोम हायरिङ सेन्टरका लागि ५० प्रतिशत र पोष्ट हार्वेटका लागि ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।”
आधुनिक कृषि प्रणाली, बेमौसमी तरकारी उत्पादन, अर्गानिक खेतीको सम्भाव्यता, उत्पादनमा वृद्धि, असिना, हावाहुरी, रोगकीराबाट सुरक्षा, श्रमको सदुपयोग गर्दै सानो जग्गाबाट बढी फाइदा लिन सकिने उक्त प्रविधिबाट उत्पादित तरकारीको बजार प्रवद्र्धनमा परियोजनाले सघाउने कृषि विज्ञ वीरेन्द्र हमालले जानकारी दिनुभयो ।
आधुनिक ग्रिन हाउस र नर्सरी, फटिगेसनसहितको अत्याधुनिक ड्रिप सिँचाइ, तापक्रम र आद्रता नाप्ने अत्याधुनिक उपकरण, फोगर र सेमी–अटोमेटिक भेन्टिलेशन, प्लास्टिक मल्चिङ एवं उन्नत जातका गुणस्तरीय बिरुवा बिक्री वितरण गर्ने बताउँदै उहाँले भन्नुभयो “परियोजनाबाट तीन हजार परिवार प्रत्यक्ष र दश हजार परिवार अप्रत्यक्ष लाभाविन्त हुने अपेक्षा लिइएको छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











