‘लिभिङ टुगेदर’: असुरक्षित यौनसम्पर्क गर्दै, आई–पिल चक्कीको भर पर्दै
काठमाडौं, १३ कात्तिक । ‘लिभिङ टुगेदर’मा रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आई–पिल) मा निर्भर हुने गरेका पाइएको छ । उनीहरूमा एउटै चाहना हुने गरेको छ– नियमित यौनसम्पर्क पनि गर्न पाइयोस्, अनिच्छुक गर्भ पनि नबसोस् ।’
असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पनि पाइएको छ । विवाहित महिलाको सवालमा भने निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने चिकित्सक बताउछन् । आजको राजधानी दैनिकमा खबर छ ।
स्कुल र कलेजका छात्रा बढी
‘पछिल्लो समय ७२ घण्टे चक्की (आई–पिल) व्यापक दुरुपयोग भएको पाइएको छ,’ हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टर जडीबुटीकी मेडिकल निर्देशक एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मेनु आचार्य भन्छिन्, ‘यो चक्की प्रयोग गर्नेमा स्कुल र कलेजका छात्रा बढी पाइएको छ ।’
पोर्नाेग्राफीको असर
सामाजिक सञ्जाल फेसबुक र युट्युबमा सजिलै हेर्न पाइने अश्लील चलचित्र (पोर्नाेग्राफी) का कारण पनि विपरीत लिंगीबीच असुरक्षित यौनसम्बन्ध राख्ने क्रममा वृद्धि भइरहेको छ ।
नकारात्मक असर
हतार र असुरक्षित यौनसम्बन्धबाट बस्न सक्ने अनिच्छुक र अवैध गर्भ रोक्न एकै जनाले दुई दिनभित्र चारवटासम्म आई–पिल चक्की प्रयोग गर्ने गरेको पाइएको डा. आचार्य बताउ“छिन् । ‘एउटामात्रै खानुपर्ने चक्की एकै व्यक्तिले चारवटासम्म खानु एकदमै हानिकारक हो,’ उनी भन्छिन्, ‘एकैपटक चारवटासम्म खाँदा यसले दीर्घकालीन रूपमा नकारात्मक असर पार्छ ।’
चक्की कसरी सेवन गर्ने ?
स्वास्थ्यकर्मी या चिकित्सकको परामर्शबिना यो चक्की प्रयोग नगर्न विशेषज्ञको सुझाव छ । असुरक्षित यौनसम्बन्धको शंका लागेमा ७२ घण्टाभित्र एकमात्र चक्की खाँदा महिनावारी नियमित हुने डा. आचार्य बताउँछिन् । ‘यसले पुरुषको शुक्रकीट र महिलाको डिम्बबीच मेल हुन दिँदैन,’ उनले भने, ‘पाठेघरमा गर्भ बस्दैन, त्यसैले आत्तिनु पर्दैन ।’
आई–पिल दुरुपयोगले भविष्यमा विवाहपछि उनीहरूमा बाँझोपन वा बच्चा जन्मिए पनि शारीरिक अपांगता जन्मिन सक्ने विशेषज्ञ बताउँछन् ।
महिलामा बाँझोपन
विशेषज्ञको परामर्शबिना परिवार नियोजनका अस्थायी या स्थायी साधन प्रयोग गरिँदा गर्भधारण गर्ने उमेरका ५ देखि ७ प्रतिशत महिलामा बाँझोपन पाइएको नेपाल परिवार नियोजन संघ काठमाडौं उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्याल बताउँछन् । उनका अनुसार आई–पिल चक्की परिवार नियोजनको अस्थायी साधन निलोकन चक्कीजस्तो नभएको र यसको दुरुपयोगले महिलाको प्रजनन हर्माेनमा प्रत्यक्ष असर गर्छ । ‘एउटा आई–पिल चक्कीको क्षमता आठवटा निलोकन चक्कीबराबर हो,’ उनले भने ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












