एमाले पूर्व सभासद अर्वपति विनोद चौधरी कांग्रेसको समानुपातिक सूचीमा

काठमाडौं, १३ कात्तिक । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको समानुपातिक तर्फको बन्दसूचिमा परेका छन् । यसअघि २०६४ सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट समानुपातिकतर्फको सांसद रहेका चौधरी अहिले कांग्रेसबाट समानुपातिक तर्फको बन्दसूचिमा परेका हुन् ।
फोर्ब्सको विश्वकै धनीहरुको सूचीमा परेका व्यापारी विनोद चौधरीलाई यो पटक कांग्रेसले आफ्नो हात पार्न सफल भएको हो । कांग्रेसले आइतवार राति निर्वाचन आयोगलाई बुझाएको अन्तिम नामावलीमा चौधरीको नाम समावेश गरिएको हो ।
चौधरी ०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद र ०७० मा एमालेबाटै नवलपरासीबाट प्रत्यक्षका लागि सिफारिस भएका थिए । तर, उनले त्यहाँ चुनाव लड्न चाहेनन् ।
यसपटक चौधरीको नाम समानुपातिक सूचीमा राखेको आफूले जानकारी पाएको कांग्रेस नेता डा. नारायण खड्काले जानकारी दिए । चौधरीलाई समानुपातिकको प्राथमिकता सूचीमा राखेकोमा कांग्रेसभित्रै असन्तुष्टि बढेको छ । पार्टीलाई चुनावका लागि आर्थिक सहयोग गर्ने आश्वासनपछि चौधरीलाई समानुपातिकमा राखिएको कांग्रेस स्रोतको भनाइ छ ।
एमालेभित्र माधव नेपाल निकट रहेका चौधरी केपी ओली शक्तिमा आएसँगै छाँयामा परेका थिए । एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहेका चौधरीको कांग्रेस नेताहरुसँग पनि सुरु देखिनै निकट सम्बन्ध थियो । अहिले चौधरीलाई कांग्रेसमा ल्याउने महामन्त्री सशांक कोइरालाले विशेष पहल गरेका थिए । चौधरीले नेपालका विभिन्न उद्योगमा लगानी गरेका छन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












