दोषी अदालतले गर्ने कि प्रहरीले ? हिरासतभित्र प्रियङ्काको हत्या कि आत्महत्या ?
सिरहा, १४ कात्तिक । प्रहरी हिरासतमा बालिकाले झुण्डिए आत्महत्या गरेको घटनाले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । घटना सुनेपछि आयोगको जनकपुर कार्यालयबाट खटिएको मानव अधिकार अधिकृतलाई बिष्णुपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक शिव नारायण यादवले घटना विबरण बताउन इन्कार गरेपछि घटनालाई आयोगले अनुसन्धान गर्ने भएको छ ।
विष्णुपुर प्रहरी प्रमुख यादवलाई सोही ठाउँमा खटिएका जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले घटना विबरण नभन्न आदेश दिएको खुल्न आएको छ । घटनाको प्रारम्भिक अध्ययन गर्न आयोगको मानव अधिकार अधिकृत दिप यादव आइतबार राती ८ बजे इलाका प्रहरी कार्यालय विष्णुपुर पुगेका थिए ।
आयोगको टोलीले सोमबार घटनाबारे मृत शरिर, इलाका प्रहरी कार्यालय विष्णुपुर कार्यालयको हिरासत अनुगमन गरेको नयाँ पत्रिकामा खबर छ । हिरासत अनुगमनपछि आयोगको अधिकृतले सोमबार प्रहरी नायब निरीक्षक यादवलाई वयान दिनभन्दा सोमबारसमेत बयान दिन मानेनन् । उनले मानवअधिकार अधिकृत समक्ष कुनै पनि हालतमा लिखित बयान नदिने अडान मै बसे । प्रहरी नायब निरीक्षक शिब नारायण यादवले आफ्नै कार्यालय भित्र भएको घटनाबारे समेत बताउन चाहेनन् ।
बालिकालाई यातनाः
पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको बालिकाको मृत शरिरको पैताला र पिठ्युमा लठ्ठीको डाम जस्तो देखिएको छ । बालिकालाई अनुसन्धानको क्रममा पिठ्युमा विद्युतीय यातना दिइएको जस्तो देखिन्छ । १६ वर्षीया बालिका प्रियङ्का यादवलाई गत कार्तिक ११ देखि इलाका प्रहरी कार्यालय विष्णुपुरमै राखेर अनुसन्धान गरिएको थियो ।
जिल्ला अदालत सिरहाले प्रहरीलाई अनुसन्धानको लागि कार्तिक १२ गते ५ दिनको लागि म्याद थप गरेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय विष्णपुरमा करिब ४ः३० बजे महिला हिरासत भित्रै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
बालक अझै प्रहरी हिरासतमैः
हत्याको आरोपमा पक्राउ परेका बालक संजय साह इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमै रहेको पाइएको छ । १४ वर्षीय बालक साहलाई प्रहरी नायब उपरीक्षक गजु सिद्धि बज्रचार्यले बयस्क थुनुवासंगै बालकलाई राखेर अनुसन्धान गरिरहेको पाइएको छ । तर, आयोगको मानव अधिकृतसँग कुराकानी गर्न बालकलाई हिरासतबाट बाहिर निकालिएको थियो ।
महिला हिरासतमा खैनी र चुरोटः

बालिकाले आत्महत्या गरेको भनिएको इलाका प्रहरी कार्यालय विष्णुपरको महिला हिरासत कोठामा लुकाएर राखिएको अवस्था खैनीको प्याकेट र चुरोट फेला परेको छ । महिला राख्ने हिरासतमा पर्खालमा टासिएको भगवानको पोस्टर भित्र खैनीको प्याकेट र चुरोट पाइएको हो ।
‘नाबालकलाई फरक विधि अपनाउनु पर्थ्यो’
मुलुकको कानुनले १० वर्षमुनिकाले कुनै अपराध गरे माफी दिने व्यवस्था गरेको छ। १० देखि १६ वर्षसम्मकालाई आधा सजाय मिनाहा गरिन्छ। नाबालकलाई नियन्त्रणमा लिइँदा, सजायँ भुक्तान गर्दा छुटै व्यवस्था गरिएको छ। तर आइतबार प्रहरीले अदालती प्रक्रिया जारी रहँदै दुवै जनालाई अन्य अपराधी झैँ अपराध ठहर भइसकेको जसरी सार्वजनिक गर्यो।
पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी नाबालक अपराधीको सन्दर्भमा प्रहरीले अन्यभन्दा फरक विधि अपनाउनु पर्ने बताउँछन्। उनी भन्छन् ‘नाबालकको संवेदनशिलतालाई ध्यान दिनुपर्छ। उनीहरु अन्य झै परिपक्व हुँदैनन्। त्यसैले जस्तो निर्णय पनि गर्न सक्छन्।’
प्रहरीले आत्महत्या गर्न बाध्य पारेको हो : आयोग प्रवक्ता
मानवअधिकार आयोग भने बालिकाको आत्महत्या नभएर प्रहरीले मनोवैज्ञानिक प्रेसर दिएर हत्या गरेको तर्क गर्छ। आयोगकी प्रवक्ता मोहना अन्सारीले भनिन्, ‘प्रहरीले सार्वजनिक गरेर आत्महत्या गर्न बाध्य पारेको हो। प्रहरीले अपराध पुष्टि नभई सार्वजनिक गरेकै कारण उनले आत्महत्या गरिन्।’
अन्सारीले हत्याको पूर्ण अनुसन्धान नै नगरी प्रहरीले विवरण सार्वजनिक गर्न हतारिएकोमा प्रश्न उठाइन्। यो विषयमा आयोगले पनि अनुसन्धान गरिरहेको जानकारी उनले दिइन्।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











