राजपाको तर्फबाट महन्थ ठाकुर २ नम्बर प्रदेशको मुख्यमन्त्री उम्मेदवार
काठमाडौं, १५ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर प्रदेश २ को मुख्यमन्त्रीको उम्मेदवार बनेका छन् । राजपाले ठाकुरलाई प्रदेश २ को मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेलगत्तै राजपाले ठाकुरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘अध्यक्ष मण्डलका संयोजकलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको छ । तर, निर्वाचन क्षेत्र टुंगो लाग्न बाँकी छ ।’
ठाकुरको पैत्रिक गाउँ महोत्तरीको क्षेत्र नम्बर ३ मा पर्दछ । त्यसको ‘क’ वा ‘ख’मध्ये कुनै एकबाट लड्ने विकल्प उनीसँग छ । ठाकुरले यसअघि चुनाव लड्दै आएको जिल्ला भने सर्लाही हो । उनी त्यताबाट पनि उम्मेदवार हुन सक्छन् । तर, यसबारे निर्णय नभइसकेको नेता कर्णले बताए ।
यसैगरी राजेन्द्र महतो सर्लाहीबाट चुनाव लड्ने भनिए पनि उनको पनि क्षेत्र टुंगो लागिसकेको छैन । सिट बाँडफाँट अनुसार पर्साको क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा उम्मेदवारको रुपमा लक्ष्मणलाल कर्णलाई अघि सारिएको छ ।
बुधबारमात्रै राजपा र फोरमले प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँट गरेका थिए । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












