राजपाको तर्फबाट महन्थ ठाकुर २ नम्बर प्रदेशको मुख्यमन्त्री उम्मेदवार
काठमाडौं, १५ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर प्रदेश २ को मुख्यमन्त्रीको उम्मेदवार बनेका छन् । राजपाले ठाकुरलाई प्रदेश २ को मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेलगत्तै राजपाले ठाकुरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘अध्यक्ष मण्डलका संयोजकलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको छ । तर, निर्वाचन क्षेत्र टुंगो लाग्न बाँकी छ ।’
ठाकुरको पैत्रिक गाउँ महोत्तरीको क्षेत्र नम्बर ३ मा पर्दछ । त्यसको ‘क’ वा ‘ख’मध्ये कुनै एकबाट लड्ने विकल्प उनीसँग छ । ठाकुरले यसअघि चुनाव लड्दै आएको जिल्ला भने सर्लाही हो । उनी त्यताबाट पनि उम्मेदवार हुन सक्छन् । तर, यसबारे निर्णय नभइसकेको नेता कर्णले बताए ।
यसैगरी राजेन्द्र महतो सर्लाहीबाट चुनाव लड्ने भनिए पनि उनको पनि क्षेत्र टुंगो लागिसकेको छैन । सिट बाँडफाँट अनुसार पर्साको क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा उम्मेदवारको रुपमा लक्ष्मणलाल कर्णलाई अघि सारिएको छ ।
बुधबारमात्रै राजपा र फोरमले प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँट गरेका थिए । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












