एमाले र माओवादीको दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रको सिट बाँडफाँड समेत टुंगियो
काठमाडौं, १५ कात्तिक । दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रहरुमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सिट बाँडफाँड गरेका छन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि वाम गठबन्धनले सिट बाँडफाँड टुंग्याएका हुन् । सहमतिअनुसार दोस्रो चरणको चुनावमा प्रतिनिधिसभातर्फ एमालेलाई ७६, माओवादीलाई ४६ तथा बाँकी ६ सिट राष्ट्रिय जनमोर्चा, हृदयश त्रिपाठी लगायतलाई छुट्याइएको छ ।
यसअघि पहिलो चरणमा एमालेले २१ र माओवादीले १६ सिट लिएका थिए । प्रतिनिधिसभाका कुल १६५ सिटमध्ये एमालेको भागमा ९७ र माओवादी केन्द्रको भागमा ६२ परेको छ । यस्तै प्रदेशसभातर्फ कुल ३३० सिटमध्ये एमालेको भागमा १९८ र माओवादीको भागमा १२८ छ ।
विवादित जिल्लामा यसरी मिल्यो भागवण्डाः
झापा, चितवन, दाङ, सल्यान र उदयपुरमा देखिएको विवाद सल्ट्याउँदै दुई दलले बाँडफाँड टुंग्याएका हुन् । चितवन २ बाट एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार बन्नेछन् । त्यही क्षेत्रमा दाबी गरेका माओवादी केन्द्रका नेता रामबहादुर थापा काठमाडौं १० बाट उठ्ने सहमति भएको छ ।
प्रकाश ज्वाला प्रदेश ६ को मुख्यमन्त्रीका दावेदारः
यस्तै सल्यानमा प्रतिनिधिसभातर्फ माओवादीका टेकबहादुर बस्नेत उम्मेदवार बन्न लागेका छन् । सल्यानका दुवै प्रदेशमा भने एमालेका प्रकाश ज्वाला र गुलाबजंग शाह उठ्ने भएका छन् । ज्वालालाई प्रदेश ६ को मुख्यमन्त्रीका दावेदारका रुपमा एमालेले उठाउने भएको हो ।
एमाले सचिव शंकर पोखरे प्रदेश ५ को मुख्यमन्त्रीः
दाङ २ मा माओवादीका कृष्णबहादुर महरालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने सहमति भएको छ । त्यही क्षेत्रमा दावी गर्दै आएका एमाले सचिव शंकर पोखरेलाई गठबन्धनका तर्फबाट प्रदेश ५ को मुख्यमन्त्री बनाउनेगरी प्रदेशसभाको उम्मेदवार बनाउने तयारी छ ।
झापा तीनमा वामले राप्रपालाई सघाउनेः
यस्तै झापा १ मा माओवादी तथा २, ४ र ५ मा एमालेलाई दिनेगरी बाँडफाँड टुंगो लागेको छ । झापा ३ मा भने राप्रपालाई सघाउने दुई दलबिच समझदारी भएको छ । कांग्रेसले झापा ३ नछोड्ने भएपति त्यहाँ राप्रपा कांग्रेससँग असन्तुष्ट छ ।
कांग्रेससँग असन्तुष्टी जनाउँदै उम्मेदवारी दिन लागेका राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई वाम गठबन्धनले सघाउन लागेका हुन् । सुर्खेतमा प्रतिनिधिसभाका दुवै क्षेत्रमा एमाले तथा प्रदेशसभामा माओवादीको तर्फबाट उम्मेदवारी दिने सहमति छ ।
दैलेखमा प्रतिनिधिसभाका दुवै क्षेत्र तथा प्रदेशसभाका तीनवटा क्षेत्र एमालेले लिने टुंगो लागेको छ । प्रदेश १ को क भने माओवादीले लिने सहमति भएको छ । दुवै दलका नेताहरुको दावीका कारण टुंगो लगाउन नसकिएका जिल्लाहरुमा एउटा नेतालाई प्रदेश र अर्कोलाई प्रतिनिधिसभा उम्मेदवार बनाएर बाँडफाँड गरिएको हो ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











