एमाले र माओवादीको दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रको सिट बाँडफाँड समेत टुंगियो
काठमाडौं, १५ कात्तिक । दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रहरुमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सिट बाँडफाँड गरेका छन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि वाम गठबन्धनले सिट बाँडफाँड टुंग्याएका हुन् । सहमतिअनुसार दोस्रो चरणको चुनावमा प्रतिनिधिसभातर्फ एमालेलाई ७६, माओवादीलाई ४६ तथा बाँकी ६ सिट राष्ट्रिय जनमोर्चा, हृदयश त्रिपाठी लगायतलाई छुट्याइएको छ ।
यसअघि पहिलो चरणमा एमालेले २१ र माओवादीले १६ सिट लिएका थिए । प्रतिनिधिसभाका कुल १६५ सिटमध्ये एमालेको भागमा ९७ र माओवादी केन्द्रको भागमा ६२ परेको छ । यस्तै प्रदेशसभातर्फ कुल ३३० सिटमध्ये एमालेको भागमा १९८ र माओवादीको भागमा १२८ छ ।
विवादित जिल्लामा यसरी मिल्यो भागवण्डाः
झापा, चितवन, दाङ, सल्यान र उदयपुरमा देखिएको विवाद सल्ट्याउँदै दुई दलले बाँडफाँड टुंग्याएका हुन् । चितवन २ बाट एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार बन्नेछन् । त्यही क्षेत्रमा दाबी गरेका माओवादी केन्द्रका नेता रामबहादुर थापा काठमाडौं १० बाट उठ्ने सहमति भएको छ ।
प्रकाश ज्वाला प्रदेश ६ को मुख्यमन्त्रीका दावेदारः
यस्तै सल्यानमा प्रतिनिधिसभातर्फ माओवादीका टेकबहादुर बस्नेत उम्मेदवार बन्न लागेका छन् । सल्यानका दुवै प्रदेशमा भने एमालेका प्रकाश ज्वाला र गुलाबजंग शाह उठ्ने भएका छन् । ज्वालालाई प्रदेश ६ को मुख्यमन्त्रीका दावेदारका रुपमा एमालेले उठाउने भएको हो ।
एमाले सचिव शंकर पोखरे प्रदेश ५ को मुख्यमन्त्रीः
दाङ २ मा माओवादीका कृष्णबहादुर महरालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने सहमति भएको छ । त्यही क्षेत्रमा दावी गर्दै आएका एमाले सचिव शंकर पोखरेलाई गठबन्धनका तर्फबाट प्रदेश ५ को मुख्यमन्त्री बनाउनेगरी प्रदेशसभाको उम्मेदवार बनाउने तयारी छ ।
झापा तीनमा वामले राप्रपालाई सघाउनेः
यस्तै झापा १ मा माओवादी तथा २, ४ र ५ मा एमालेलाई दिनेगरी बाँडफाँड टुंगो लागेको छ । झापा ३ मा भने राप्रपालाई सघाउने दुई दलबिच समझदारी भएको छ । कांग्रेसले झापा ३ नछोड्ने भएपति त्यहाँ राप्रपा कांग्रेससँग असन्तुष्ट छ ।
कांग्रेससँग असन्तुष्टी जनाउँदै उम्मेदवारी दिन लागेका राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई वाम गठबन्धनले सघाउन लागेका हुन् । सुर्खेतमा प्रतिनिधिसभाका दुवै क्षेत्रमा एमाले तथा प्रदेशसभामा माओवादीको तर्फबाट उम्मेदवारी दिने सहमति छ ।
दैलेखमा प्रतिनिधिसभाका दुवै क्षेत्र तथा प्रदेशसभाका तीनवटा क्षेत्र एमालेले लिने टुंगो लागेको छ । प्रदेश १ को क भने माओवादीले लिने सहमति भएको छ । दुवै दलका नेताहरुको दावीका कारण टुंगो लगाउन नसकिएका जिल्लाहरुमा एउटा नेतालाई प्रदेश र अर्कोलाई प्रतिनिधिसभा उम्मेदवार बनाएर बाँडफाँड गरिएको हो ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












