मोरङमा मनोनयन दर्ता शान्तिपूर्णरुपमा सम्पन्न, को–को केन्द्रीय नेता भिड्ने ?
मोरङ, १६ कात्तिक । मोरङमा प्रतिनिधि र प्रदेश सभाका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा उम्मेदवारी दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मोरङमा केन्द्रीय स्तरदेखि जिल्लास्तरका नेताहरुले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मोरङको क्षेत्र नम्बर ४ बाट उम्मेदवारीपत्र दर्ता गराएका छन् । त्यस्तै मोरङ–४ बाट माओवादी केन्द्रका अमनलाल मोदीले उम्मेदवारी दिए। उनी यसअघि समानुपातिकबाट सांसद् थिए।
एमालेका चर्चित नेता लालबाबु पण्डितले मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका छन् । विदेशमा ग्रिनकार्ड र पिआर लिएका सरकारी कर्मचारीलाई कारबाही गरेर चर्चामा आएका पण्डितले युवालाई स्वदेशमै रहेर काम गर्ने वातावरण बनाउने आफ्नो मुख्य एजेन्डा रहेको जानकारी दिए।
नेता पण्डितसित प्रतिस्पर्धा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मोरङको क्षेत्र नम्बर ६ बाटै मनोनयन पत्र दाखिल गरेका छन्। दुई वामपन्थी दलको एकताले मुलुकलाई अधिनायकवादको अँध्यारोमा लैजान खोजिरहेको टिप्पणी गर्दै डा. कोइरालाले मुलुकमा नागरिक अधिकार, मौलिक स्वतन्त्रता र लोकतन्त्रको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्ने दाबी गरे।
नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले मोरङको क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । डा. रिजालले अहिले वाम गठबन्धनलाई अभिनन्दन गर्ने होइन ठोक्ने बेला हो भत्रे आक्रोश व्यक्त गर्दै माक्र्सवादी, लेनिनवादी र माओवादी हुँदै अब वामशक्ति स्टालिनवादी बाटोमा जान खोज्दैछन् भत्रे प्रतिक्रिया प्रकट गरे।
क्षेत्र नम्बर २ मा एमालेका निवर्तमान सांसद् ऋषिकेश पोखरेलले उम्मेदवारी दिए। रोचक भिडन्त हुने भनिएको मोरङ ५ मा माओवादी केन्द्रका बिना विभागीय मन्त्री शिवकुमार मण्डल, नेपाली कांग्रेसका अमृत अर्याल र सङ्घीय समाजवादी फोरमका राजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
मोरङमा विशेषगरी क्षेत्र नम्बर ६ अन्तर्गत प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन निकै रोचक हुने देखिएको छ । वाम र लोकतान्त्रि गठबन्धनबाट दुवै महत्वपूर्ण उम्मेदवार उठेपछि चुनाव निकै रोचक हुने भएको हो ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












