मोरङमा मनोनयन दर्ता शान्तिपूर्णरुपमा सम्पन्न, को–को केन्द्रीय नेता भिड्ने ?
मोरङ, १६ कात्तिक । मोरङमा प्रतिनिधि र प्रदेश सभाका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा उम्मेदवारी दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मोरङमा केन्द्रीय स्तरदेखि जिल्लास्तरका नेताहरुले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मोरङको क्षेत्र नम्बर ४ बाट उम्मेदवारीपत्र दर्ता गराएका छन् । त्यस्तै मोरङ–४ बाट माओवादी केन्द्रका अमनलाल मोदीले उम्मेदवारी दिए। उनी यसअघि समानुपातिकबाट सांसद् थिए।
एमालेका चर्चित नेता लालबाबु पण्डितले मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका छन् । विदेशमा ग्रिनकार्ड र पिआर लिएका सरकारी कर्मचारीलाई कारबाही गरेर चर्चामा आएका पण्डितले युवालाई स्वदेशमै रहेर काम गर्ने वातावरण बनाउने आफ्नो मुख्य एजेन्डा रहेको जानकारी दिए।
नेता पण्डितसित प्रतिस्पर्धा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मोरङको क्षेत्र नम्बर ६ बाटै मनोनयन पत्र दाखिल गरेका छन्। दुई वामपन्थी दलको एकताले मुलुकलाई अधिनायकवादको अँध्यारोमा लैजान खोजिरहेको टिप्पणी गर्दै डा. कोइरालाले मुलुकमा नागरिक अधिकार, मौलिक स्वतन्त्रता र लोकतन्त्रको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्ने दाबी गरे।
नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले मोरङको क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । डा. रिजालले अहिले वाम गठबन्धनलाई अभिनन्दन गर्ने होइन ठोक्ने बेला हो भत्रे आक्रोश व्यक्त गर्दै माक्र्सवादी, लेनिनवादी र माओवादी हुँदै अब वामशक्ति स्टालिनवादी बाटोमा जान खोज्दैछन् भत्रे प्रतिक्रिया प्रकट गरे।
क्षेत्र नम्बर २ मा एमालेका निवर्तमान सांसद् ऋषिकेश पोखरेलले उम्मेदवारी दिए। रोचक भिडन्त हुने भनिएको मोरङ ५ मा माओवादी केन्द्रका बिना विभागीय मन्त्री शिवकुमार मण्डल, नेपाली कांग्रेसका अमृत अर्याल र सङ्घीय समाजवादी फोरमका राजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
मोरङमा विशेषगरी क्षेत्र नम्बर ६ अन्तर्गत प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन निकै रोचक हुने देखिएको छ । वाम र लोकतान्त्रि गठबन्धनबाट दुवै महत्वपूर्ण उम्मेदवार उठेपछि चुनाव निकै रोचक हुने भएको हो ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












