के तपाई बच्चालाई स्तनपान गराउँदैहुनुहुन्छ ? यि कुरामा ध्यान दिनुहोस्
एजेन्सी । बच्चालाई आमाको दुध अमृत समान हुन्छ । आमाको दुधले नै बच्चालाई शारीरिक र मानसिक रुपमा विकास गर्छ । सुरुका दिनहरुमा आफ्नो बच्चालाई दुध खुवाउँदा पनि आमाका निम्ति अनौठो अनुभूति हुन्छ ।
कतिपय आमाहरु यतिबेला निकै धकाउँछन्, लजाउँछन् । तर, यसमा लजाउनुपर्ने कुनै कुरा छैन, किनकी यो एउटा प्राकृतिक क्रिया हो । यहाँ स्तनपानसम्वन्धि आठ टिप्स प्रस्तुत गरिएको छ, जो नयाँ आमाहरुका निम्ति उपयोगी हुनसक्छ ।
सार्वजनिकरुपमा स्तनपानः
सार्वजनिक स्थानमा हुनुहुन्छ र शिशु भोकले रुन थाल्यो भने के गर्ने ? यतिबेला बोल्ड हुनैपर्छ । बिना हिच्किचाकट बच्चालाई स्तनपान गराउनुपर्छ । कसैले हेर्यो भने हेरिरहन दिनुपर्छ, वास्तै गर्नुहुँदैन । सल ओढ्नु भएको छ वा सारी लगाउनुभएको छ भने आफ्नो स्तनलाई छोपेर स्तनपान गराउन सक्नुहुन्छ ।
खुकुलो वस्त्रः
शिशुलाई स्तनपान गराउँदा आमाले लगाउने बस्त्र खुकुलो र सुविधाजनक हुनुपर्छ । कुर्ता र टिसर्ट जस्ता लुगा लगाएको छ भने त्यसलाई माथि उठाएर दुध चुसाउन असहज हुन्छ । त्यसैले सुत्केरी आमाहरुले चेनबाला ब्रा, टप खरिद गर्नुपर्छ जसलाई आफ्नो ज्याकेट, कार्डिगन वा जीप(अपभित्र लगाउन सकियो । साथै नर्सिङ प्याड पनि खरिद गर्नुस जसले स्तनपान नगराएको बेला तपाईंको स्तनलाई आराम पुर्याउन मद्दत गर्छ ।
प्रशस्त अभ्यासः
जति धेरै स्तनपानको अभ्यास गरिन्छ, त्यति नै धेरै सजिलो हुन्छ । सुरुका केही हप्ताहरुमा यो कठिन हुने भए पनि समयसँगै शरीर यसका लागि अभ्यस्त हुँदै जान्छ । जति धेरै स्तनपान गराउनुहुन्छ, तपाईंको शरीरमा त्यति नै बढि दुध उत्पादन हुन्छ र बच्चाका लागि पर्याप्त हुन्छ ।
मोइस्चराइजरको प्रयोगः
बच्चालाई दुध नपिलाएको बेला आफ्नो निप्पललाई मोइस्चराइज गरौं । निप्पललाई आराम चाहिन्छ, त्यसैले निप्पल क्रिम, निप्पल बटर वा जैतुनको तेल वा आफ्नै दुधले पनि मोइस्चराइज गर्न सक्नुहुन्छ । यस्तो मोइस्चराइजरको प्रयोग गरौ, जसलाई स्तनपानको दौरान सफा गर्नुपर्ने आवश्यकता नपरोस । यसबाट काम हलुका हुन्छ ।
पानी मनग्गे पिउन दिनेः
स्तनपान गराउनका लागि शरीरमा पानीको मात्रा पनि पर्याप्त हुनुपर्छ । आफू हाइड्रेट रहेको सुनिश्चित गर्न एउटा तरिका छ । आफ्नो पानीको बोतल, पौष्टिक स्न्याक्स, आफ्नो स्तनपानको सेसन लेखिएको डायरी, केही पत्रिका र टेलिभिजनको रिमोट आफ्नो साथमा राखौं । साथै आफ्नो निप्पल क्रिमलाई पनि सँगै राख्नुपर्छ ।
स्वस्थकर खानेकुरा खानेः
बच्चाले दुधमार्फत पोषण तत्व लिन्छ । त्यसैले यस दौरान पर्याप्त मात्रामा भोजन गर्नु जरुरी छ । आमाले गर्ने भोजन पौष्टिक पनि हुनुपर्छ । यसका साथै स्तनपान गराउँदा शरीरको कयौं क्यालोरी प्रयोग भएको हुन्छ । त्यसैले यसको भरपाइका लागि पनि पर्याप्त खानेकुरा खानु आवश्यक छ । भोजन अपर्याप्त भयो भने थकान उत्पन्न हुन्छ र बच्चाले पर्याप्त पोषण पाउँदैन ।
अरुसँग तुलना नगरौंः
आफ्नो तुलना अन्य आमाहरुसँग गर्नबाट बच्नुपर्छ । हरेक आमाका भिन्न गुण हुन्छन् । कुनै आमाको मनग्गे दुध हुन्छ भने कसैको कम । कुनै आमालाई स्तनपान गराउँदा कुनै दुखाई हुँदैन भने कुनै आमालाई असह्य दुख्छ । धेरै दुखाई हुन्छ तर स्तनपान गराउने हो भने फर्मुला फिड अपनाउनुपर्छ, यसमा कुनै हानी छैन । यसमा विल्कुल पनि ध्यान नदिनुस कि अरु मानिसहरुले के भन्छन् । आफ्नो शिशुर्लाइ फर्मूला दिन सक्नुहुन्छ र यो उसका लागि विल्कुल सही छ ।
श्रीमानको सहयोग लिनेः
श्रीमानले बच्चालाई बोतलको दूध पिलाउने भन्दा बढि मद्दत गर्न सक्छन् । उनलाई आफ्नो शिर र खुट्टा मालिस गर्नका लागि आग्रह गरौं । अथवा, आराम गरिरहेको बेला पानी वा भोजनका लागि अह्राउनुस । फुर्सदमा आफूसँग राखेर गफ गरौं । यसले धेरै फाइदा मिल्छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












