विकास सपना देखाएर भोट माग्दै उम्मेदवार
धादिङ, १८ कात्तिक । निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार गाउँ÷गाउँमा सभा र भेटघाट गर्दै मतदातासँग आफ्नो पक्षमा मत माग्दै हिँडेका छन् ।
मौसम चिसिए पनि चुनावी सरगर्मी तातेको छ । गाउँवासी मेलापातमा रहने समय भएकोले उम्मेदवार पनि गाउँमा भेला गर्दै हिँड्ने र किसानलाई मेलापातमै भेटेर चुनावी अभियान सञ्चालन गरिरहेको देखिन्छ ।
वाम गठबन्धनका उम्मेदवार धादिङको गाउँबस्तीमा सभा गरिरहेका छन् । सदरमुकाम आसपासको क्षेत्रमा कार्यकर्ता भेटघाट र किसान मतदातासँग गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यक्रममा व्यस्त रहेको नेकपा एमालेका प्रदेशसभाका उम्मेदवार डा रामकुमार अधिकारीले बताए ।
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विकट उत्तरी धादिङको लापा, तिप्लिङ, सेर्तुङमा दिउँसो सभा र बेलुका कार्यकर्ता भेटघाटमा व्यस्त भएको नेपाली काँग्रेस प्रतिनिधि सभाका उम्मेदवार दिलमान पाख्रीनले बताए ।
लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन दुवैले बूढीगण्डकी परियोजना सञ्ंचालन, भूकम्पपीडितको पुनःनिर्माण, कृषि व्यावसायिक क्षेत्र, पर्यटनको पूर्वाधार विकास र आम्दानी बढाउने योजना, सडक योजनाको निर्माण लगायतका विषयलाई चुनावी नारा बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
प्रतिनिधिसभाको २ निर्वाचन क्षेत्र र प्रदेश सभामा– ४ निर्वाचन क्षेत्र रहेको धादिङमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्दा कडा हुनेदेखिन्छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १८ हजार १५० मतदाता रहेका छन् ।
यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका खेमप्रसाद लोहनी र लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दिलमान पाख्रिन उम्मेदवार भएका छन् । दिलमान पाख्रिन वर्तमान सरकारका कानून राज्यमन्त्री समेत हुन् ।
प्रतिनिधिसभा क्षेत्र नं २ एक लाख १५ हजार ३५५ मतदाता रहेकाछन् । प्रदेशसभामा वामगठबन्धनमा नेकपा एमाले र माओवादी केन्द्रले दुई/दुई क्षेत्र भागबण्डा गरेका छन् भने लोकतान्त्रिक गठबन्धनमा नेपाली काँग्रेसले ३ क्षेत्र लिएको छ भने १ क्षेत्र राप्रपालाई छाडेको छ । यसअघि प्रत्यक्ष निर्वाचनमा भाग लिँदै आएका राप्रपाका वुद्धिमान तामाङ यसपटक प्रत्यक्ष निर्वाचनमा सहभागी भएका छैनन् ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











