बाम गठबन्धनले चुनाबी घोषणापत्र आज सार्वजनिक गर्दै, के के छ ?
काठमाडौं, २१ कात्तिक । वाम गठबन्धनले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । तीनकुनेस्थित रोयल व्यांक्वेटमा दिउसो १ बजे एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले घोषणापत्र सार्वजनिक गर्नेछन् ।
घोाषणापत्रमा पाँच वर्षभित्र गरिबी मुक्त गर्ने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर अर्थात् पाँच लाख नेपाली रुपैयाँ पुर्याउने उल्लेख छ । विक्रम संवत् २०९९ सम्म नेपाललाई समन्नुत राष्ट्रको स्तरमा पुर्याउने गरी आर्थिक र विकासका योजना पनि घोषणापत्रमा समेटिएको छ ।
एमाले नेता मनमोहन अधिकारीको सरकारको पालामा ल्याइएको ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नारा र प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा ल्याइएको ‘नेपालको पानी जनताको लगानी’, ‘घरघरमा बिजुली जनजनमा सेयर’ जस्ता नारालाई समावेश गरिएको छ ।
बाढी पहिरोमा घडेरी गुमाएकालाई निःशुल्क घडेरी, राजधानीमा खेलकुद विश्वविद्यालय स्थापना, १० वर्षभित्र २० हजार मेगावाट बिजुली उत्पादन, पाँच वर्षभित्र दुई हजार ३५० किलोमिटर रेलमार्ग निर्माण जस्ता लोकप्रिय कार्यक्रमलाई वाम गठवन्धनले घोषणापत्रमा उल्लेख गरेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको घोषणापत्रमा नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनता विरोधी रहेको, राप्रपाको चरित्र सामन्तवादी रहेको, राजपा राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषक रहेको र संघीय समाजवादी फोरमको व्यवहार सामाजिक सदभावलाई कमजोर पार्ने किसिमको रहेको भनेर पनि घोषणापत्रमा आरोप लगाइएको छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












