बाम गठबन्धनले चुनाबी घोषणापत्र आज सार्वजनिक गर्दै, के के छ ?
काठमाडौं, २१ कात्तिक । वाम गठबन्धनले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । तीनकुनेस्थित रोयल व्यांक्वेटमा दिउसो १ बजे एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले घोषणापत्र सार्वजनिक गर्नेछन् ।
घोाषणापत्रमा पाँच वर्षभित्र गरिबी मुक्त गर्ने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर अर्थात् पाँच लाख नेपाली रुपैयाँ पुर्याउने उल्लेख छ । विक्रम संवत् २०९९ सम्म नेपाललाई समन्नुत राष्ट्रको स्तरमा पुर्याउने गरी आर्थिक र विकासका योजना पनि घोषणापत्रमा समेटिएको छ ।
एमाले नेता मनमोहन अधिकारीको सरकारको पालामा ल्याइएको ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नारा र प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा ल्याइएको ‘नेपालको पानी जनताको लगानी’, ‘घरघरमा बिजुली जनजनमा सेयर’ जस्ता नारालाई समावेश गरिएको छ ।
बाढी पहिरोमा घडेरी गुमाएकालाई निःशुल्क घडेरी, राजधानीमा खेलकुद विश्वविद्यालय स्थापना, १० वर्षभित्र २० हजार मेगावाट बिजुली उत्पादन, पाँच वर्षभित्र दुई हजार ३५० किलोमिटर रेलमार्ग निर्माण जस्ता लोकप्रिय कार्यक्रमलाई वाम गठवन्धनले घोषणापत्रमा उल्लेख गरेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको घोषणापत्रमा नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनता विरोधी रहेको, राप्रपाको चरित्र सामन्तवादी रहेको, राजपा राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषक रहेको र संघीय समाजवादी फोरमको व्यवहार सामाजिक सदभावलाई कमजोर पार्ने किसिमको रहेको भनेर पनि घोषणापत्रमा आरोप लगाइएको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












