अमेरिकाको टेक्ससमा ७ वटा गोली लागेर बाँचेकी भाग्यमानी नेपाली चेली ज्वाला
काठमाडौं, २१ कात्तिक । मान्छेको मृत्युका लागी बन्दुकको एक गोली प्रयाप्त हुन्छ, तर शरीर भरि गोलीले चाल्ना झैँ छेद बनाउदा पनि जीवित रहने भाग्यमानी संसारमा बिरलै हुन्छन्। त्यो भाग्यमानीहरुको सानो भिडमा छिन्, पोखरा नगरपालिका चौठे १४ कि २४ वर्षकी ज्वाला कार्की ।
अमेरिकाको टेक्सस राज्यस्थित अर्भिंग सहर निवासी ज्वालामाथि करिब दुई साता अघि एक किशोरद्वारा अन्धाधुन्द गोली प्रहार भएको थियो। आफ्नै आपार्टमेन्टको बाहिर फोनमा कुरा गरिरहेकि ज्वालालाई अश्वेत वर्णका करिब १५ वर्षीय किशोरले एक पटक होइन, दुई पटक होइन, सात/सात पटक गोली चलाएका थिए।
शरीर भरि गोलीले छेद पारे पनि जीवित ज्वालालाई भने यो ‘चमत्कार’ आफ्नो जीवित रहने उत्कृष्ट चाहनाको परिणाम हो भन्ने लाग्छ। एक दिन अघि मात्र अस्पतालबाट डिस्चार्ज भएकी ज्वालालाई भेट्न उनी बस्ने अपार्टमेन्टमा सञ्चारकर्मीको टोली पुगे पछि ज्वालाले आफ्नो र मृत्युको साक्षात्कारको बेलिबिस्तार लाइन र भनिन् – ‘अपार्टमेन्टको लण्ड्रीरुममा उभिएर फोनमा कुरा गरिरहेकि थिएँ, अचानक एक १५ वर्ष जतिको केटाले बन्दुक देखाएर मेरो पर्स र फोन माग्यो, सुरुमा त विश्वास लागेन, उसले भनेको कुरा ‘प्रोसेस’ गर्न नपाउदै बन्दुक चलाई हाल्यो अनि पहिलो गोलीमा नै लडें।’
सात पटक मृत्युलाई पराजित गरेकी ज्वालालाई सात गोलीः
सुन्नेको समेत आङ्ग जिरिङ्ग गराउने त्यो भयानक घटना सम्झंदै ज्वाला भन्छिन् ‘चार गोली सम्म चलेको मलाइ याद छ, त्यसपछि मैले हिसाब बिर्से – तर त्यति बेला बुवा आमाको अनुहार याद आयो, सायद जीवनको अन्तिम घडीमा आफ्ना प्रियजनको सम्झना आउँछ होला।’ सात पटक मृत्युलाई पराजित गरेकी ज्वालालाई त्यति बेला लाग्यो कि यो नै उनको जीवनको अन्तिम घडी हो।
एक मिटरको दुरीमा उभिएर बन्दुकधारिले गोलीको वर्षा गरिरहँदा बन्दुकबाट निस्केको बारुदी धुवा देखिन् ज्वालाले, त्यो धुवाँ सँगै आफ्ना सपनाहरू पनि उडेर गएको देखिन् उनले। शरीर भरि गोलीले प्वाल पारे पछि ठाउँ ठाउँबाट निस्केको रगत जमिन भरी फैलिइ रहँदा आफ्ना जीवनभरिका चाहनाहरु समेत त्यही रगत सँग पोखिएको देखिन ज्वालाले।
अब आफू मर्छु र पत्र पत्रिकाका ‘नेपाली युवतीको अमेरिकामा हत्या’ भन्ने समाचार छापिन्छ भन्ने समेत सोच्न भ्याइन् उनले र अचानक त्यो खबर अखबारमा पढ्दै गरेका आफ्ना बुवाको अनुहार सम्झिन्। ‘बुवा आमाले म मरेको खबर अखबारमा पढेर थाह पाउनु हुन्छ अनि त्यस पछि उँहाहरुको के हाल होला भन्ने चिन्ता मेरो लागि आफ्नो मृत्यु भन्दा पनि बढी लाग्यो।’
नेपालीहरूको एक अनौपचारिक फेसबुक समूह ‘यूएस नेपाल हेल्प नेटवर्क’ प्रति भने ज्वाला विशेष अनुग्रहित छिन्। ‘यूएस नेपाल हेल्प नेटवर्क’का प्रवेश नेपालले ज्वालालको सहयोगका लागि तिन दिन अघि मात्र सुरु गरेको गो फण्डमा हाल सम्म झन्डै १८ सय अमेरिकी नेपालीहरूले योगदान गरेका छन् जसबाट झन्डै ४० हजार अमेरिकी डलर सकंलन भएको छ। सेतोपाटीको सहयोगमा
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












