अमेरिकाको टेक्ससमा ७ वटा गोली लागेर बाँचेकी भाग्यमानी नेपाली चेली ज्वाला
काठमाडौं, २१ कात्तिक । मान्छेको मृत्युका लागी बन्दुकको एक गोली प्रयाप्त हुन्छ, तर शरीर भरि गोलीले चाल्ना झैँ छेद बनाउदा पनि जीवित रहने भाग्यमानी संसारमा बिरलै हुन्छन्। त्यो भाग्यमानीहरुको सानो भिडमा छिन्, पोखरा नगरपालिका चौठे १४ कि २४ वर्षकी ज्वाला कार्की ।
अमेरिकाको टेक्सस राज्यस्थित अर्भिंग सहर निवासी ज्वालामाथि करिब दुई साता अघि एक किशोरद्वारा अन्धाधुन्द गोली प्रहार भएको थियो। आफ्नै आपार्टमेन्टको बाहिर फोनमा कुरा गरिरहेकि ज्वालालाई अश्वेत वर्णका करिब १५ वर्षीय किशोरले एक पटक होइन, दुई पटक होइन, सात/सात पटक गोली चलाएका थिए।
शरीर भरि गोलीले छेद पारे पनि जीवित ज्वालालाई भने यो ‘चमत्कार’ आफ्नो जीवित रहने उत्कृष्ट चाहनाको परिणाम हो भन्ने लाग्छ। एक दिन अघि मात्र अस्पतालबाट डिस्चार्ज भएकी ज्वालालाई भेट्न उनी बस्ने अपार्टमेन्टमा सञ्चारकर्मीको टोली पुगे पछि ज्वालाले आफ्नो र मृत्युको साक्षात्कारको बेलिबिस्तार लाइन र भनिन् – ‘अपार्टमेन्टको लण्ड्रीरुममा उभिएर फोनमा कुरा गरिरहेकि थिएँ, अचानक एक १५ वर्ष जतिको केटाले बन्दुक देखाएर मेरो पर्स र फोन माग्यो, सुरुमा त विश्वास लागेन, उसले भनेको कुरा ‘प्रोसेस’ गर्न नपाउदै बन्दुक चलाई हाल्यो अनि पहिलो गोलीमा नै लडें।’
सात पटक मृत्युलाई पराजित गरेकी ज्वालालाई सात गोलीः
सुन्नेको समेत आङ्ग जिरिङ्ग गराउने त्यो भयानक घटना सम्झंदै ज्वाला भन्छिन् ‘चार गोली सम्म चलेको मलाइ याद छ, त्यसपछि मैले हिसाब बिर्से – तर त्यति बेला बुवा आमाको अनुहार याद आयो, सायद जीवनको अन्तिम घडीमा आफ्ना प्रियजनको सम्झना आउँछ होला।’ सात पटक मृत्युलाई पराजित गरेकी ज्वालालाई त्यति बेला लाग्यो कि यो नै उनको जीवनको अन्तिम घडी हो।
एक मिटरको दुरीमा उभिएर बन्दुकधारिले गोलीको वर्षा गरिरहँदा बन्दुकबाट निस्केको बारुदी धुवा देखिन् ज्वालाले, त्यो धुवाँ सँगै आफ्ना सपनाहरू पनि उडेर गएको देखिन् उनले। शरीर भरि गोलीले प्वाल पारे पछि ठाउँ ठाउँबाट निस्केको रगत जमिन भरी फैलिइ रहँदा आफ्ना जीवनभरिका चाहनाहरु समेत त्यही रगत सँग पोखिएको देखिन ज्वालाले।
अब आफू मर्छु र पत्र पत्रिकाका ‘नेपाली युवतीको अमेरिकामा हत्या’ भन्ने समाचार छापिन्छ भन्ने समेत सोच्न भ्याइन् उनले र अचानक त्यो खबर अखबारमा पढ्दै गरेका आफ्ना बुवाको अनुहार सम्झिन्। ‘बुवा आमाले म मरेको खबर अखबारमा पढेर थाह पाउनु हुन्छ अनि त्यस पछि उँहाहरुको के हाल होला भन्ने चिन्ता मेरो लागि आफ्नो मृत्यु भन्दा पनि बढी लाग्यो।’
नेपालीहरूको एक अनौपचारिक फेसबुक समूह ‘यूएस नेपाल हेल्प नेटवर्क’ प्रति भने ज्वाला विशेष अनुग्रहित छिन्। ‘यूएस नेपाल हेल्प नेटवर्क’का प्रवेश नेपालले ज्वालालको सहयोगका लागि तिन दिन अघि मात्र सुरु गरेको गो फण्डमा हाल सम्म झन्डै १८ सय अमेरिकी नेपालीहरूले योगदान गरेका छन् जसबाट झन्डै ४० हजार अमेरिकी डलर सकंलन भएको छ। सेतोपाटीको सहयोगमा
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












