अफगानिस्तानको टेलिभिजन स्टेशनमा आक्रमण हुँदा थुप्रै पत्रकार मारिए
एजेन्सी, २१ कात्तिक । अफगानिस्तानको एक स्थानीय टेलिभिजन स्टेशनमा आक्रमण भएको छ । काबुलस्थित स्थानीय टेलिभिजन स्टेशनमा अज्ञात समूहले ‘ग्रिनेड बम’ प्रहार गर्नुका साथै अन्धाधुन्ध गोली प्रहार गर्दा टेलिभिजनका थुप्रै पत्रकार मारिएको आशंका गरिएको छ ।
आक्रमणकारीहरुले स्थानीय ‘शमशाद’ टेलिभिजन स्टेशन कब्जामा लिएर ‘ग्रिनेड बम’ प्रहार गर्नुका साथै अन्धाधुन्ध गोली प्रहार भएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रयास जारी रहेको बताएको छ । सोही क्रममा एक जना आक्रमणकारी मारिएको अफगानी अधिकारीहरुले जनाएका छन् । अफगान प्रहरीले उक्त टेलिभिजन भवन नियन्त्रणमा लिने प्रयास भैरहेको बताएको छ ।
उक्त हमलाबाट भागेर भवनबाहिर निस्कन सफल एकजना पत्रकारले टेलिभिजन स्टेशनभित्र बंदुकधारी रहेको र उनीहरुले आफ्नो कैयौं सहकर्मी मारिदिएको र कैयौं घाइते अवस्थामा रहेको बीबीसीलाई बताएका छन् ।
‘शमशाद’ टेलिभिजनको मुख्यालय रहेको सो स्टेशनमा सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् बताइएको छ । शमशाद टेलिभिजन अफगानिस्तानको प्रख्यात टेलिभिजन च्यानल हो । सन् २००६ मा प्रशारण सुरु गरेको सो च्यानलले २४ घन्टा समाचार र मनोरन्जनात्मक सामग्रीहरु प्रसारण गर्दै आएको छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











