चुनावको मुखैमा देउवाले डीएसपीदेखि एआईजीसम्म २२ अधिकृतको बढुवा गर्दै
काठमाडौं, २१ कात्तिक । चुनावको मुखैमा प्रहरी अधिकृतहरुको बढुवाको तयारी भईरहेको छ । सरकारले निर्वाचन आचारसंहिता लागू भएकै बेला प्रहरी नायव उपरीक्षक (डीएसपी) देखि अतिरिक्त महानिरीक्षक (एआईजी) सम्मका प्रहरी अधिकृतको बढुवा गर्ने तयारी गरेको हो । गृह मन्त्रालयले दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी), पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), पाँच प्रहरी उपरीक्षक (एसपी) र सात प्रहरी नायव उपरीक्षक (डीएसपी) को बढुवाको तयारी गरेको हो ।
यसका लागि गृह मन्त्रालयलाई निर्वाचन आयोगले सहमति दिइसकेको बताइएको छ । गृहमन्त्रीको कार्यभारसमेत आफैं सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजी बनाउन निर्वाचन आचारसंहिता जारी रहेकै बेला बढुवा प्रक्रिया अगाडि बढाएका हुन् ।
प्रधानमन्त्री देउवा डीआईजी हेमन्त पाल र मधुप्रसाद पुडासैनीलाई एआईजी बनाउन चाहान्छन् । अर्का डीआईजी पंकज श्रेष्ठ पनि एआईजीका दाबेदार हुन् । तर उनको सम्भावना कम रहेको स्रोतको दाबी छ ।
तत्कालीन गृहमन्त्री जनार्दन शर्माले कार्यक्षमता राम्रो हुँदाहुँदै पनि वरिष्ठलाई पाखा लगाएर उनीहरुलाई बढुवामा छुटाएका थिए । तत्कालीन गृहमन्त्री शर्माको यो कदमको त्यतिबेला चर्को आलोचना भएको थियो । यस्तै माधव नेपाल र गोविन्द निरौला पनि एआईजी बढुवाका प्रतिस्पर्धी हुन् ।
सरकारले दुई महिना मात्र अगाडि एआईजीको दरबन्दी ११ बाट बढाएर १३ पुर्याएको थियो । नवराज सिलवालले राजिनामा दिएकाले हाल एक डीआईजी पद रिक्त छ । एआईजीमा दुई जना बढुवा भएपछि डीआईजी पद तीन ओटा खाली हुने हुनाले सरकारले अहिले नै तीन जना डीआईजी बढुवाको प्रक्रिया अगाडि बढाएको हो ।
उता, एसएसपी बलराम शर्मा पौडेलले आइतबारबाट अवकाश पाएकाले अहिले दुई ओटा एसएसपी पद रिक्त छ । एसएसपी राजेन्द्रमान श्रेष्ठ डीआईजीमा बढुवा भइसकेकाले दुई पद रिक्त भएको हो । तीन एसएसपी डीआईजीमा बढुवा हुँदा पाँच एसएसपी पद रिक्त हुन्छ । एसएसपी केदार रिजाल, दिनेश अमात्य, पिताम्बर अधिकारी, शेरबहादुर बस्नेत, दीपक थापा, दानसिंह बोहरा, सुभाष चौधरी, श्याम खत्री र नारायणसिंह खड्का डीआईजी बढुवाका प्रतिस्पर्धी हुन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












