चुनावी सुरक्षाः साना हतियारदेखि विप्लव माओवादीसम्म निगरानीमा, भिआइपीको जिम्मा सेनालाई
काठमाडौं, २२ कात्तिक । आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सुरक्षा रणनीति तयार भएको छ । दुई चरणमा हुने चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्सन्धान विभागले तयारी पूरा गरेका हुन् । चुनाव सुरक्षा रणनीति अनुसार नेपाली सेनाले कारागार र भिआइपीको सुरक्षा दिनेछ । त्यस्तै सेनाकै निगरानीमा मतपत्र छपाई गर्ने देखिलिएर ढुवानी सम्मको काम भईरहेको छ ।
पहिलो चरणको मतदान चलिरहेका बेला दोस्रो चरणमा चुनाव हुने ठाउँमा प्रचारप्रसारकै क्रम चलिरहेको हुन्छ । यस्तो अवस्थामा सबै सुरक्षाकर्मी पहिलो चरणको चुनावमा खटिंदा दोस्रो चरणमा चुनाव हुने ठाउँमा सुरक्षा चुनौती बढ्ने भएकाले पहिले नै सुरक्षाकर्मीहरु खटाइसक्ने सुरक्षा निकायले बताएका छन् । संवेदनशील ठाउँ तथा सुरक्षा चुनौती भएका व्यक्तिहरुको पहिचान गर्नका लागि सबै सुरक्षा निकायले सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेका छन् ।
सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सातै प्रदेशका प्रमुख एआइजीहरुलाई नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरेर सुरक्षाका सबै विधि अवलम्बन गर्न निर्देशन दिइसकेको छ । प्रहरीले चुनावी सुरक्षालाई मध्यनजर गर्दै तीन तहको सुरक्षा नीति बनाएर काम गरिरहेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । चुनाव पूर्व, चुनाव भइरहेको अवस्था र चुनावपछि विजयी भएको अवस्था गरी तीन तहमा सुरक्षा व्यवस्था मिलाइने प्रवक्ता न्यौपानेको भनाई छ ।
चुनाव पूर्वको सुरक्षामा उम्मेदवारको सुरक्षा, सम्भावित झडप, हातहतियारको प्रयोग, चुनाव विरोधी गतिविधिहरु सुरक्षा चुनौती हुने सक्ने भन्दै प्रहरीले सुरक्षा प्रदान गर्न थालिसेकेको छ । त्यस्तै चुनाव भइरहेको अवस्थामा हुनसक्ने झडप, मतदाताको सुरक्षा र उम्मेदवारको सुरक्षा मुख्य चुनौती बन्ने भएकाले त्यसै अनुसार सुरक्षा तयारी गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । चुनाव सकिएपछि मतपेटिकाको सुरक्षा र विजयी जुलुसमा हुन सक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै तीन तहको सुरक्षा बनाएर काम गरिएको प्रहरीले जनाएको छ ।
नेपाली सेनाका ६४ हजार सैनिक चुनावी सुरक्षामाः

नेपाली सेनाले ६४ हजार सुरक्षाकर्मी चुनावी सुरक्षामा खटिने बताइसकेको छ । चुनावमा खटिने सैनिकलाई अहिले सेनाले तालिम दिइरहेको छ । प्रहरीले भने आफ्नो नियमित काम र कार्यालय सुरक्षामा केही कर्मचारी राखेर बाँकी ९० प्रतिशत प्रहरी परिचालन गर्ने तयारी गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । त्यसैगरी ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग चुनावमा खटिने छन् ।
नेपाल प्रहरीले आउँदो चुनावमा खासै सुरक्षा चुनौती नभएको दावी गरेको छ । तर नेपाली सेनाले चार वटा चुनौती रहको औंल्याएको छ । सेनाले पछिल्लो समय देखा पर्न थालेका साना हतियार, वाम गठबन्ध र लोकतान्त्रिक गठबन्धनबिच हुनसक्ने सम्भावित झडप, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सिके राउत समूह अहिलेको चुनावको मुख्य सुरक्षा चुनौती रहेको औल्याएको छ ।
पछिल्लो समय भारतीय नागरिक हतियार सहित नेपाल प्रवेश गर्ने गरेको र काठमाडौंमै दिउँसै गोली प्रहारका घटनाले साना हतियार चुनौती देखिएको सेनाको विश्लेषण छ । त्यसैगरी पार्टी एकीकरणको घोषणासहित बनेको वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धकाबिच हुलदुङ्गा तथा झडप हुनसक्ने स्थिति रहेको सेनाको बुझाई छ । विप्लव र सिके राउत समूहलगायत चुनावमा भाग नलिने समूहबाट सुरक्षा चुनौती हुनसक्ने आशंका छ ।
कारागार, भिआइपी र विमानस्थल लगायतका सुरक्षा सेनालाई:
चुनावमा जतिसक्दो धेरै नेपाल प्रहरीको प्रयोग गर्नका लागि नेपाल प्रहरीले हेर्दै आएका केही जिम्मेवारी नेपाली सेनाले हेर्ने भएको छ । कारागार, भिआइपीको सुरक्षा, विमानस्थलको सुरक्षा लगायतको ठाउँमा नेपाली सेना खटिने सेनाका प्रवक्ता तथा सहायक रथी नैनराज दाहालले जानकारी दिए । कतिपय भन्सार तथा कारागारहरुमा सेना खटिसकेको दाहालको भनाई छ ।
सुरक्षा घेरामा को पहिलो ?
यसअघिको चुनावमा जस्तै सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहने छन् भने दोस्रो घेरामा सशस्त्र प्रहरी रहनेछ । त्यस्तै मतदान केन्द्रको जिम्मासहित तेस्रो घेरामा नेपाली सेना रहनेछ । यसका साथै सेनासँग स्ट्याण्ड बाई फोर्स पनि हुनेछ । यस्तो फोर्स जिल्ला, बाहिनी, पृतना र जंगी अड्डा गरी चार तहमा हुने सेनाले जनाएको छ । साथै सेनासँग बम डिस्पोजल टोली, मोबाइल गस्तीदेखि हवाई गस्तीसम्म हुनेछ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












