चुनावी सुरक्षाः साना हतियारदेखि विप्लव माओवादीसम्म निगरानीमा, भिआइपीको जिम्मा सेनालाई
काठमाडौं, २२ कात्तिक । आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सुरक्षा रणनीति तयार भएको छ । दुई चरणमा हुने चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्सन्धान विभागले तयारी पूरा गरेका हुन् । चुनाव सुरक्षा रणनीति अनुसार नेपाली सेनाले कारागार र भिआइपीको सुरक्षा दिनेछ । त्यस्तै सेनाकै निगरानीमा मतपत्र छपाई गर्ने देखिलिएर ढुवानी सम्मको काम भईरहेको छ ।
पहिलो चरणको मतदान चलिरहेका बेला दोस्रो चरणमा चुनाव हुने ठाउँमा प्रचारप्रसारकै क्रम चलिरहेको हुन्छ । यस्तो अवस्थामा सबै सुरक्षाकर्मी पहिलो चरणको चुनावमा खटिंदा दोस्रो चरणमा चुनाव हुने ठाउँमा सुरक्षा चुनौती बढ्ने भएकाले पहिले नै सुरक्षाकर्मीहरु खटाइसक्ने सुरक्षा निकायले बताएका छन् । संवेदनशील ठाउँ तथा सुरक्षा चुनौती भएका व्यक्तिहरुको पहिचान गर्नका लागि सबै सुरक्षा निकायले सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेका छन् ।
सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सातै प्रदेशका प्रमुख एआइजीहरुलाई नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरेर सुरक्षाका सबै विधि अवलम्बन गर्न निर्देशन दिइसकेको छ । प्रहरीले चुनावी सुरक्षालाई मध्यनजर गर्दै तीन तहको सुरक्षा नीति बनाएर काम गरिरहेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । चुनाव पूर्व, चुनाव भइरहेको अवस्था र चुनावपछि विजयी भएको अवस्था गरी तीन तहमा सुरक्षा व्यवस्था मिलाइने प्रवक्ता न्यौपानेको भनाई छ ।
चुनाव पूर्वको सुरक्षामा उम्मेदवारको सुरक्षा, सम्भावित झडप, हातहतियारको प्रयोग, चुनाव विरोधी गतिविधिहरु सुरक्षा चुनौती हुने सक्ने भन्दै प्रहरीले सुरक्षा प्रदान गर्न थालिसेकेको छ । त्यस्तै चुनाव भइरहेको अवस्थामा हुनसक्ने झडप, मतदाताको सुरक्षा र उम्मेदवारको सुरक्षा मुख्य चुनौती बन्ने भएकाले त्यसै अनुसार सुरक्षा तयारी गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । चुनाव सकिएपछि मतपेटिकाको सुरक्षा र विजयी जुलुसमा हुन सक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै तीन तहको सुरक्षा बनाएर काम गरिएको प्रहरीले जनाएको छ ।
नेपाली सेनाका ६४ हजार सैनिक चुनावी सुरक्षामाः

नेपाली सेनाले ६४ हजार सुरक्षाकर्मी चुनावी सुरक्षामा खटिने बताइसकेको छ । चुनावमा खटिने सैनिकलाई अहिले सेनाले तालिम दिइरहेको छ । प्रहरीले भने आफ्नो नियमित काम र कार्यालय सुरक्षामा केही कर्मचारी राखेर बाँकी ९० प्रतिशत प्रहरी परिचालन गर्ने तयारी गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । त्यसैगरी ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग चुनावमा खटिने छन् ।
नेपाल प्रहरीले आउँदो चुनावमा खासै सुरक्षा चुनौती नभएको दावी गरेको छ । तर नेपाली सेनाले चार वटा चुनौती रहको औंल्याएको छ । सेनाले पछिल्लो समय देखा पर्न थालेका साना हतियार, वाम गठबन्ध र लोकतान्त्रिक गठबन्धनबिच हुनसक्ने सम्भावित झडप, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सिके राउत समूह अहिलेको चुनावको मुख्य सुरक्षा चुनौती रहेको औल्याएको छ ।
पछिल्लो समय भारतीय नागरिक हतियार सहित नेपाल प्रवेश गर्ने गरेको र काठमाडौंमै दिउँसै गोली प्रहारका घटनाले साना हतियार चुनौती देखिएको सेनाको विश्लेषण छ । त्यसैगरी पार्टी एकीकरणको घोषणासहित बनेको वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धकाबिच हुलदुङ्गा तथा झडप हुनसक्ने स्थिति रहेको सेनाको बुझाई छ । विप्लव र सिके राउत समूहलगायत चुनावमा भाग नलिने समूहबाट सुरक्षा चुनौती हुनसक्ने आशंका छ ।
कारागार, भिआइपी र विमानस्थल लगायतका सुरक्षा सेनालाई:
चुनावमा जतिसक्दो धेरै नेपाल प्रहरीको प्रयोग गर्नका लागि नेपाल प्रहरीले हेर्दै आएका केही जिम्मेवारी नेपाली सेनाले हेर्ने भएको छ । कारागार, भिआइपीको सुरक्षा, विमानस्थलको सुरक्षा लगायतको ठाउँमा नेपाली सेना खटिने सेनाका प्रवक्ता तथा सहायक रथी नैनराज दाहालले जानकारी दिए । कतिपय भन्सार तथा कारागारहरुमा सेना खटिसकेको दाहालको भनाई छ ।
सुरक्षा घेरामा को पहिलो ?
यसअघिको चुनावमा जस्तै सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहने छन् भने दोस्रो घेरामा सशस्त्र प्रहरी रहनेछ । त्यस्तै मतदान केन्द्रको जिम्मासहित तेस्रो घेरामा नेपाली सेना रहनेछ । यसका साथै सेनासँग स्ट्याण्ड बाई फोर्स पनि हुनेछ । यस्तो फोर्स जिल्ला, बाहिनी, पृतना र जंगी अड्डा गरी चार तहमा हुने सेनाले जनाएको छ । साथै सेनासँग बम डिस्पोजल टोली, मोबाइल गस्तीदेखि हवाई गस्तीसम्म हुनेछ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











