युगान्डामा इबोला पछि देखियो अर्को नयाँ रोग ‘मारवर्ग भाइरस’, ३ जनाको मृत्यु
एजेन्सी, २२ कात्तिक । युगान्डामा इबोलापछि अर्को नयाँ रोग देखिएको छ । ‘मारवर्ग भाइरस’ नाम दिईएको उक्त रोगका कारण युगान्डा तथा केन्याका तीन जनाको ज्यान गएको छ । उत्तरी युगान्डाको केविन राज्यमा एउटै परिवारका तीन जनाको ज्यान गईसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
डब्लुएचओका अनुसार मारवर्ग भाइरस इबोलसित सम्बन्धित छ । यी दुवै भाइरस ‘फिलोभाइरस’ प्रजातीको हो र यसको मृत्युदर उच्च छ । मारवर्ग भाइरसकै कारण ८८ प्रतिशत मृत्यु हुनसक्छ । यो रोग गत अक्टोवर १९ मा पत्ता लागेको थियो ।
चमेरोबाट मानिसमा सर्ने यो रोग एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । मानिसको थुुक, र्याल, पसिना तथा स्पर्शको माध्यमबाट पनि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यो रोग लागेको दुई दिन देखि २१ दिन भित्रमा लक्षण देखा पर्ने गर्छ । जसलाई चिकित्सकीय भाषामा इन्क्युवेशन पिरियड पनि भन्ने गरिन्छ ।
यो रोग लागेमा लक्षण अचानक देखिने गर्छ र डर लाग्दो अवस्थामा देखा पर्ने गर्छ । यो रोग लागेमा मांसपेशी दुख्ने, शरीरमा पीडा हुन्छ । सामान्यतः यो रोगको लक्षण देखा परेको तीन दिनपछि चक्कर लाग्ने, वान्ता हुने, झाडापखाला हुने लगायतको ग्याष्ट्रोइन्टेस्टाइनल समस्या देखिन थाल्छ ।
विश्व स्वास्थ्य संगठनले यस्तो अवस्थामा आउने विरामीलाई भूतको संज्ञा दिएको छ, जहाँ विरामीको आँखा भित्र पस्ने, कुनै प्रतिक्रिया नजनाउने तथा थकित हुने गर्दछन् । यो रोगमा पनि इबोलामा झै क्रोनिक हेमोरहेजिक ज्वरो आउने गर्छ । जसमा धेरै ज्वरो आउने र रक्तनलीले राम्रोसँग काम गर्न सक्दैन र निरन्तर रगत बग्न थाल्छ ।
यस्तो लक्षण रोग लागेको ५ देखि ७ दिन भित्रमा देखिन सुरु हुन्छ । यदि यो रोग देखिएमा वान्तामा रगत देखिने, नाक, मुख, गिजाबाट रगत बग्ने गर्दछ । त्यस्तै, यो रोग लागेमा स्नायु प्रणालीमा समेत समस्या उत्पन्न भई व्यक्ति चिडचिडा हुने, दिग्भ्रमित हुने गर्दछ । साथै लक्षण देखा परेको करिब ८ देखि ९ दिन भित्रमा मानिसको मृत्यु हुन्छ ।
यो रोग विश्वमै नयाँ भएको र हालसम्म तीनजनामात्र यसबाट प्रभावित भएकोमा तीनजनाकै मृत्यु भएकोले विश्व स्वास्थ्य संगठनले यसको मृत्युदरलाई शतप्रतिशत मान्दै आएको छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












