युगान्डामा इबोला पछि देखियो अर्को नयाँ रोग ‘मारवर्ग भाइरस’, ३ जनाको मृत्यु
एजेन्सी, २२ कात्तिक । युगान्डामा इबोलापछि अर्को नयाँ रोग देखिएको छ । ‘मारवर्ग भाइरस’ नाम दिईएको उक्त रोगका कारण युगान्डा तथा केन्याका तीन जनाको ज्यान गएको छ । उत्तरी युगान्डाको केविन राज्यमा एउटै परिवारका तीन जनाको ज्यान गईसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
डब्लुएचओका अनुसार मारवर्ग भाइरस इबोलसित सम्बन्धित छ । यी दुवै भाइरस ‘फिलोभाइरस’ प्रजातीको हो र यसको मृत्युदर उच्च छ । मारवर्ग भाइरसकै कारण ८८ प्रतिशत मृत्यु हुनसक्छ । यो रोग गत अक्टोवर १९ मा पत्ता लागेको थियो ।
चमेरोबाट मानिसमा सर्ने यो रोग एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । मानिसको थुुक, र्याल, पसिना तथा स्पर्शको माध्यमबाट पनि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यो रोग लागेको दुई दिन देखि २१ दिन भित्रमा लक्षण देखा पर्ने गर्छ । जसलाई चिकित्सकीय भाषामा इन्क्युवेशन पिरियड पनि भन्ने गरिन्छ ।
यो रोग लागेमा लक्षण अचानक देखिने गर्छ र डर लाग्दो अवस्थामा देखा पर्ने गर्छ । यो रोग लागेमा मांसपेशी दुख्ने, शरीरमा पीडा हुन्छ । सामान्यतः यो रोगको लक्षण देखा परेको तीन दिनपछि चक्कर लाग्ने, वान्ता हुने, झाडापखाला हुने लगायतको ग्याष्ट्रोइन्टेस्टाइनल समस्या देखिन थाल्छ ।
विश्व स्वास्थ्य संगठनले यस्तो अवस्थामा आउने विरामीलाई भूतको संज्ञा दिएको छ, जहाँ विरामीको आँखा भित्र पस्ने, कुनै प्रतिक्रिया नजनाउने तथा थकित हुने गर्दछन् । यो रोगमा पनि इबोलामा झै क्रोनिक हेमोरहेजिक ज्वरो आउने गर्छ । जसमा धेरै ज्वरो आउने र रक्तनलीले राम्रोसँग काम गर्न सक्दैन र निरन्तर रगत बग्न थाल्छ ।
यस्तो लक्षण रोग लागेको ५ देखि ७ दिन भित्रमा देखिन सुरु हुन्छ । यदि यो रोग देखिएमा वान्तामा रगत देखिने, नाक, मुख, गिजाबाट रगत बग्ने गर्दछ । त्यस्तै, यो रोग लागेमा स्नायु प्रणालीमा समेत समस्या उत्पन्न भई व्यक्ति चिडचिडा हुने, दिग्भ्रमित हुने गर्दछ । साथै लक्षण देखा परेको करिब ८ देखि ९ दिन भित्रमा मानिसको मृत्यु हुन्छ ।
यो रोग विश्वमै नयाँ भएको र हालसम्म तीनजनामात्र यसबाट प्रभावित भएकोमा तीनजनाकै मृत्यु भएकोले विश्व स्वास्थ्य संगठनले यसको मृत्युदरलाई शतप्रतिशत मान्दै आएको छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












