एमाले र माओवादीको पार्टी एकताको सुरुवाता काठमाडौंबाट, ओली र प्रचण्डको संयुक्त कार्यक्रम
काठमाडौं, २३ कात्तिक । यतिबेला नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताले निकै चर्चा पाईरहेको छ । सत्तामा रहेको माओवादी केन्द्र विपक्षमा रहेको नेकपा एमालेबीच चुनावी तालमलेसँगै पार्टी एकता गर्ने कुराले निकै चर्चा पाएको हो । यस विषयमा विभिन्न टिकाटिप्पणी समेत भईरहेका छन् ।
कसैले यसलाई निर्वाचनमा मतपरिणाम आफ्नो पक्षमा पार्ने दाउँ बताईरहेका छन् भने कतिपयले आजको आवश्यकता भनिरहेका छन् । विशेषगरी नेपाली कांग्रेसले यसलाई अराजकताको संज्ञा दिईरहेको छ । तर एमाले र माओवादी केन्द्रले भने यसलाई मुलुक समृद्धिको मुल खम्बा मानिरहेका छन् । त्यसैअनुरुप उनीहरु पार्टी एकिकरणको तयारीमा जुटेका हुन् ।
यसको सुरुवाती अभ्यास भने काठमाडौंबाट भएको छ । पार्टी एकताको अभ्यासको शुरूवात भने बुधबारै काठमाडौं क्षेत्र नम्बर २ बाट नै शुरू गरिएको हो । जहाँ माओवादी केन्द्रको चुनावी सभालार्इ एमाले नेता माधव नेपाल प्रमुख अतिथि बनेर सम्वोधन गरेका थिए ।
चुनावलाई लक्षित गर्दै एमाले र माओवादीले चुनावी कार्यक्रम अन्तर्गत ताप्लेजुङ(दार्चुला अभियान शुरु गरेका छन् । १९ कात्तिकमा ताप्लेजुङमा भएको सभामा प्रचण्ड उपस्थित हुन नसकेपछि ओलीले मात्रै सम्वोधन गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावी सभालाई भने संयुक्तरुपमा सम्वोधन गर्ने छन् । यसलार्इ पार्टी एकताको अभ्यास र वाम गठबन्धनका उम्मेदवारलार्इ जिताउने अभियानको थालनीका रूपमा लिइएको छ ।
वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्ने र पार्टी एकताको सन्देश दिने गरी संयुक्त चुनावी सभा र प्रशिक्षण शुरू गरिएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । अभियानको क्रममा शीर्ष नेताहरु पुग्न नभ्याएको स्थानमा दुबै पार्टीका नेताहरुले अनुकुल मिलाएर सम्वोधन गर्ने योजना बनाइएको छ ।
गोर्खाबाट ओली र प्रचण्डको संयुक्त सम्वोधन शुरू हुने
ओली र प्रचण्डको संयुक्त चुनावी सभा भने आगामी २९ गते गोर्खाबाट शुरु हुनेछ । गोर्खाका चार स्थानमा सभा आयोजना हुने वाम गठबन्धनका नेताहरुले बताएका छन् । वाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक प्यानलबाट डा. बाबुराम भट्टराई उम्मेदवार बनेकाले गोर्खाको विशेष चर्चा हुने गरेको छ ।
गोर्खापछि कात्तिक ३० गते स्याङ्जा र बाग्लुङमा संयुक्त चुनावी सभा हुनेछ । मंसिर २ गते झापाको दमकमा र ३ गते काँकडभिट्टामा सभा आयोजना गरिने छ । झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली स्वयं उम्मेदवार छन् । झापाको क्षेत्र नम्बर १ मा माओवादी नेता राम कार्कीलाई सघाएको एमालेले अरु सबै क्षेत्र आफूले लिएको छ ।
यसैगरी ३ गते नै मोरङको विराटचोकमा, ५ गते रुपन्देहीको बुटवलमा र दाङमा, ७ गते सुर्खेत र दैलेखमा, ८ गते कैलाली र कञ्चनपुरमा तथा ९ गते पोखरामा चुनावी सभा गर्ने कार्यक्रम तय भएको छ ।
दुबै दलका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिले आ-आफ्ना पार्टी कमिटीमा गरेको सर्कुलरमा पनि एमालेको कार्यक्रमलाई माओवादीले र माओवादीको कार्यक्रमलाई एमालेका नेताहरुले सम्वोधन गर्ने उल्लेख छ । चुनावका हरेक कार्यक्रम संयुक्त व्यानरमा गर्न र संयुक्त चुनाव प्रचार समिति गठन गर्न पनि निर्देशन दिइएको छ । सोही निर्देशन अनुसार पत्रकार भेटघाट, भेला, प्रशिक्षण लगायतका कार्यक्रम एउटै ब्यानरमा एमाले र माओवादीको चुनाव चिह्न राखेर हुँदै आएको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












