एमाले र माओवादीको पार्टी एकताको सुरुवाता काठमाडौंबाट, ओली र प्रचण्डको संयुक्त कार्यक्रम
काठमाडौं, २३ कात्तिक । यतिबेला नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताले निकै चर्चा पाईरहेको छ । सत्तामा रहेको माओवादी केन्द्र विपक्षमा रहेको नेकपा एमालेबीच चुनावी तालमलेसँगै पार्टी एकता गर्ने कुराले निकै चर्चा पाएको हो । यस विषयमा विभिन्न टिकाटिप्पणी समेत भईरहेका छन् ।
कसैले यसलाई निर्वाचनमा मतपरिणाम आफ्नो पक्षमा पार्ने दाउँ बताईरहेका छन् भने कतिपयले आजको आवश्यकता भनिरहेका छन् । विशेषगरी नेपाली कांग्रेसले यसलाई अराजकताको संज्ञा दिईरहेको छ । तर एमाले र माओवादी केन्द्रले भने यसलाई मुलुक समृद्धिको मुल खम्बा मानिरहेका छन् । त्यसैअनुरुप उनीहरु पार्टी एकिकरणको तयारीमा जुटेका हुन् ।
यसको सुरुवाती अभ्यास भने काठमाडौंबाट भएको छ । पार्टी एकताको अभ्यासको शुरूवात भने बुधबारै काठमाडौं क्षेत्र नम्बर २ बाट नै शुरू गरिएको हो । जहाँ माओवादी केन्द्रको चुनावी सभालार्इ एमाले नेता माधव नेपाल प्रमुख अतिथि बनेर सम्वोधन गरेका थिए ।
चुनावलाई लक्षित गर्दै एमाले र माओवादीले चुनावी कार्यक्रम अन्तर्गत ताप्लेजुङ(दार्चुला अभियान शुरु गरेका छन् । १९ कात्तिकमा ताप्लेजुङमा भएको सभामा प्रचण्ड उपस्थित हुन नसकेपछि ओलीले मात्रै सम्वोधन गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावी सभालाई भने संयुक्तरुपमा सम्वोधन गर्ने छन् । यसलार्इ पार्टी एकताको अभ्यास र वाम गठबन्धनका उम्मेदवारलार्इ जिताउने अभियानको थालनीका रूपमा लिइएको छ ।
वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्ने र पार्टी एकताको सन्देश दिने गरी संयुक्त चुनावी सभा र प्रशिक्षण शुरू गरिएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । अभियानको क्रममा शीर्ष नेताहरु पुग्न नभ्याएको स्थानमा दुबै पार्टीका नेताहरुले अनुकुल मिलाएर सम्वोधन गर्ने योजना बनाइएको छ ।
गोर्खाबाट ओली र प्रचण्डको संयुक्त सम्वोधन शुरू हुने
ओली र प्रचण्डको संयुक्त चुनावी सभा भने आगामी २९ गते गोर्खाबाट शुरु हुनेछ । गोर्खाका चार स्थानमा सभा आयोजना हुने वाम गठबन्धनका नेताहरुले बताएका छन् । वाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक प्यानलबाट डा. बाबुराम भट्टराई उम्मेदवार बनेकाले गोर्खाको विशेष चर्चा हुने गरेको छ ।
गोर्खापछि कात्तिक ३० गते स्याङ्जा र बाग्लुङमा संयुक्त चुनावी सभा हुनेछ । मंसिर २ गते झापाको दमकमा र ३ गते काँकडभिट्टामा सभा आयोजना गरिने छ । झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली स्वयं उम्मेदवार छन् । झापाको क्षेत्र नम्बर १ मा माओवादी नेता राम कार्कीलाई सघाएको एमालेले अरु सबै क्षेत्र आफूले लिएको छ ।
यसैगरी ३ गते नै मोरङको विराटचोकमा, ५ गते रुपन्देहीको बुटवलमा र दाङमा, ७ गते सुर्खेत र दैलेखमा, ८ गते कैलाली र कञ्चनपुरमा तथा ९ गते पोखरामा चुनावी सभा गर्ने कार्यक्रम तय भएको छ ।
दुबै दलका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिले आ-आफ्ना पार्टी कमिटीमा गरेको सर्कुलरमा पनि एमालेको कार्यक्रमलाई माओवादीले र माओवादीको कार्यक्रमलाई एमालेका नेताहरुले सम्वोधन गर्ने उल्लेख छ । चुनावका हरेक कार्यक्रम संयुक्त व्यानरमा गर्न र संयुक्त चुनाव प्रचार समिति गठन गर्न पनि निर्देशन दिइएको छ । सोही निर्देशन अनुसार पत्रकार भेटघाट, भेला, प्रशिक्षण लगायतका कार्यक्रम एउटै ब्यानरमा एमाले र माओवादीको चुनाव चिह्न राखेर हुँदै आएको छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












