देउवामाथि ओलीको आरोपः ‘भारतसँग बोल्दा चार पटक चश्मा मिलाउनुपर्छ, पाँच पटक दौरा तान्नुपर्छ’
काठमाडौैं, २३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाबिरुद्ध खरो रुपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री समेत रहेका देउवाको आलोचना गर्दै अध्यक्ष ओलीले भारतको कुरा काट्न नसक्नेले राष्ट्रियताको कुरा गर्न नसुहाउने बताए ।
देउवाले भारतसँग कुरा गर्न डराएकै कारण सीमा नाकामा हजारौं ट्रक र ट्यांकरहरु रोकिएको ओलीले बताए । देउवाको यसबारे भारतीय राजदूतसँग कुरा गर्ने हिम्मत नभएको तर मधेसमा गएर भारतीयलाई नागरिकता दिन संविधान संशोधन गर्छु भन्दै भाषण गरेको ओलीको आरोप छ ।
बिहीबार काठमाडौंको क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार राजन भट्टराईको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दैनिक हजारौं ट्यांकर र ट्रकहरु बोर्डपारि रोकिँदा प्रधानमन्त्रीले भारतसँग कुरा गर्न नसकेको बताए । ट्रक र ट्यांकर त्यहाँ रोकिदा दैनिक लाखौं रुपैयाँ नेपाली व्यवसायीले घाटा व्यहोर्नुपरेको उनले सुनाए ।
एमाले अध्यक्ष ओलीले भने, ‘मधेसतिर भाषण गर्दै हिँडेको सुनेँ, कांग्रेसलाई जिताए संविधान संशोधन गर्ने रे ! संविधान संशोधन किन गर्ने ? उताबाट आउनेलाई नागरिकता दिएर तुरुन्त राष्ट्रपति बनाउनका लागि ? नेपालमा कोही जन्मिएका छैनन् राष्ट्रपति र मुख्यमन्त्री बन्न ? कसलाई रिझाउन बोलेको ?’
मधेसका जनताको लागि संविधान संशोधनको जिम्मा एमालेले लिने भन्दै ओलीले पारिपट्टीको लागि संविधान संशोधनको जिम्मा देउवाले लिएको हुन सक्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले बोर्डवारी भाषण गर्नुभयो तर पारिपट्टीको महिनौंको लाइन छ ।’
देउवाले भारतसँग कुरा गर्न नसकेकै कारण सीमा नाकामा समस्या देखिएको ओलीको आरोप छ । ‘भारतसँग एक शब्द बोल्नुपर्यो भने ४ पटक चश्मा मिलाउनुपर्छ, ५ पटक दौरा तान्नुपर्छ,’ ओलीले भने, ‘उहाँ भन्न सक्नुहुन्न, भन्ने मात्रै हो भने त्यो लाइन खुल्थ्यो तर, राजदूतसँग पनि भन्ने हिम्मत पनि छैन, कठैबरि !’
देशलाई कष्ट भएको भन्दै ओलीले मंसिर २१ (दोस्रो चरणको चुनाव हुने दिन) कहिले आउला जस्तो भइसकेको बताए ।देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले एमालेको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाएकोमा आपत्ति जनाए । जसले पटक(पटक लोकतन्त्र दरबारमा बुझायो, उसैले लोकतन्त्रको पाठ सिकाउन नसुहाउने उनको टिप्पणी छ ।
‘देउवाजीले राणा सिध्यायौं, पञ्चायत सिध्यायौं अब सिध्याउने पालो प्रतिपक्षलाई हो भन्नुभएछ,’ उनले भने, ‘राणा सिध्याउने बेला उहाँको अस्तित्व नै थिएन, पञ्चायत सिध्याउने बेला हामी दुःख कष्ट सहदै लड्दा उहाँ लण्डनका गल्लीमा घुम्दै हुनुहुन्थ्यो, अहिले प्रतिपक्ष सिध्याउँछु भन्दै हिँड्नुभएको छ, मंसिर २१ पछि उहाँको प्रतिपक्ष सत्तामा हुन्छ र उहाँ प्रतिपक्षमै बस्ने हो ।’
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











