देउवामाथि ओलीको आरोपः ‘भारतसँग बोल्दा चार पटक चश्मा मिलाउनुपर्छ, पाँच पटक दौरा तान्नुपर्छ’
काठमाडौैं, २३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाबिरुद्ध खरो रुपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री समेत रहेका देउवाको आलोचना गर्दै अध्यक्ष ओलीले भारतको कुरा काट्न नसक्नेले राष्ट्रियताको कुरा गर्न नसुहाउने बताए ।
देउवाले भारतसँग कुरा गर्न डराएकै कारण सीमा नाकामा हजारौं ट्रक र ट्यांकरहरु रोकिएको ओलीले बताए । देउवाको यसबारे भारतीय राजदूतसँग कुरा गर्ने हिम्मत नभएको तर मधेसमा गएर भारतीयलाई नागरिकता दिन संविधान संशोधन गर्छु भन्दै भाषण गरेको ओलीको आरोप छ ।
बिहीबार काठमाडौंको क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार राजन भट्टराईको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दैनिक हजारौं ट्यांकर र ट्रकहरु बोर्डपारि रोकिँदा प्रधानमन्त्रीले भारतसँग कुरा गर्न नसकेको बताए । ट्रक र ट्यांकर त्यहाँ रोकिदा दैनिक लाखौं रुपैयाँ नेपाली व्यवसायीले घाटा व्यहोर्नुपरेको उनले सुनाए ।
एमाले अध्यक्ष ओलीले भने, ‘मधेसतिर भाषण गर्दै हिँडेको सुनेँ, कांग्रेसलाई जिताए संविधान संशोधन गर्ने रे ! संविधान संशोधन किन गर्ने ? उताबाट आउनेलाई नागरिकता दिएर तुरुन्त राष्ट्रपति बनाउनका लागि ? नेपालमा कोही जन्मिएका छैनन् राष्ट्रपति र मुख्यमन्त्री बन्न ? कसलाई रिझाउन बोलेको ?’
मधेसका जनताको लागि संविधान संशोधनको जिम्मा एमालेले लिने भन्दै ओलीले पारिपट्टीको लागि संविधान संशोधनको जिम्मा देउवाले लिएको हुन सक्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले बोर्डवारी भाषण गर्नुभयो तर पारिपट्टीको महिनौंको लाइन छ ।’
देउवाले भारतसँग कुरा गर्न नसकेकै कारण सीमा नाकामा समस्या देखिएको ओलीको आरोप छ । ‘भारतसँग एक शब्द बोल्नुपर्यो भने ४ पटक चश्मा मिलाउनुपर्छ, ५ पटक दौरा तान्नुपर्छ,’ ओलीले भने, ‘उहाँ भन्न सक्नुहुन्न, भन्ने मात्रै हो भने त्यो लाइन खुल्थ्यो तर, राजदूतसँग पनि भन्ने हिम्मत पनि छैन, कठैबरि !’
देशलाई कष्ट भएको भन्दै ओलीले मंसिर २१ (दोस्रो चरणको चुनाव हुने दिन) कहिले आउला जस्तो भइसकेको बताए ।देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले एमालेको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाएकोमा आपत्ति जनाए । जसले पटक(पटक लोकतन्त्र दरबारमा बुझायो, उसैले लोकतन्त्रको पाठ सिकाउन नसुहाउने उनको टिप्पणी छ ।
‘देउवाजीले राणा सिध्यायौं, पञ्चायत सिध्यायौं अब सिध्याउने पालो प्रतिपक्षलाई हो भन्नुभएछ,’ उनले भने, ‘राणा सिध्याउने बेला उहाँको अस्तित्व नै थिएन, पञ्चायत सिध्याउने बेला हामी दुःख कष्ट सहदै लड्दा उहाँ लण्डनका गल्लीमा घुम्दै हुनुहुन्थ्यो, अहिले प्रतिपक्ष सिध्याउँछु भन्दै हिँड्नुभएको छ, मंसिर २१ पछि उहाँको प्रतिपक्ष सत्तामा हुन्छ र उहाँ प्रतिपक्षमै बस्ने हो ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












