काठमाडौं–१ मा प्रकाशमान सिंहले आफ्नो ‘सिंहासन’ रवीन्द्र र अनिलबाट जोगाउन सक्लान ?
काठमाडौं, २४ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकलाई निकै चासोका साथ हेरिएको छ । नेपालकै राजधानी काठमाडौंको मुख्य क्षेत्र मानिएको १ नम्बर क्षेत्रमा चुनावी रौनकसँगै रोचकता पनि बढेकाे छ । पुस्तैनी कांग्रेसको राजनीति गर्दै आएका प्रकाशमानसँग लामो पत्रकारिता पेसा त्यागेर राजनीतिबाट देश बदल्ने अभियानमा लागेका रवीन्द्र मिश्र र बाम गठबन्धनका साझा उम्मेदवार अनिल शर्मा चुनावी मैदानमा उत्रिएका छन्।
रवीन्द्र मिश्र राजनीतिलाई नजिकबाट अध्ययन गरेका व्यक्ति हुन्। नेपाली काँग्रेसका वरिष्ठ नेता तथा ‘लाैहा पुरुष’ गणेशमान सिंहका पुत्र प्रकाशमानलाई राजनीतिको लामो अनुभव छ। त्यसैसगरी अनिल शर्मा माओवादी केन्द्र विद्यार्थी नेता हुन्। मिश्रले लण्डन विश्वविद्यालय बेलायतबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर समेत गरेका छन्। पत्रकारितामा लामो समय बिताएका मिश्रले नेपाली राजनीतिको हरेक अंश केलाउन सक्षम छन्।
वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनमा पहिलो पटक मैदानमा होमिएको साझा पार्टी र विवेकशील नेपाल मिलेर बनेको विवेकशील साझा पार्टीका उम्मेदवार मिश्र प्रत्येक मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन्।
नेपालमा पुराना राजनीतिक दलहरुले देशलाई अस्थिरताबाट बाहिर ल्याउन नसक्ने भएकोले वैकल्पिक शक्तिको आवश्यकता अनुरुप विवेकशील साझा पार्टी स्थापना गरेको बताउने मिश्रले मुलुकलाई परिवर्तन गरी छाड्ने अठोटका साथ मैदान होमिएको बताउँदै आएका छन्।
यसहिसाबले कांग्रेस नेता सिंहलाई काठमाडौं १ मा जीतको पुरानो रेकर्ड कायम राख्नु निकै चुनौतीपूर्ण छ । पत्रकारिता र परोपकारी कर्मबाट विश्राम लिएर राजनीतिमा होमिएका नवनेता मिश्रलाई पहिलो इनिङ्गमा नै राजनीतिक सफलता चुम्नु छ । उता शर्मालाई भने पार्टीको क्रान्तिकारी धार हराउँदै गएको भए पनि आफ्नो युवामय छवि उजिल्याउनु छ । शर्मालाई एमालेका लागि वाम गठबन्धनको ओत लागेका कारण काठमाडौं १ जिते उपलब्धि, हारे हर्ष न विस्मातको चुनावी खाल मात्रै हुनेछ ।
क्षेत्र नम्बर १ मा प्रकाशमानको स्थान सुरक्षित रहेको क्षेत्र नै मान्न सकिन्छ। तर, के उनको अतित भैसकेको जीतको गाथा दोहोरिएला त ? उनलाई फेरि एक पटक निकै खरो चुनावी परीक्षा छ । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार सिंहले चुनावमा चुनौती महसुस गरे पनि जनता बहकाउमा नलागेर आफूलाई भोट दिने विश्वास व्यक्त गर्छन।
पटक-पटक टेष्टेड सिंहका सामु अनटेष्टड मिश्र र शर्मा काठमाडौं १ का लागि नयाँ अनुहारको सामना गर्न भने त्यति सहज छैन् । स्थानीय तह निर्वाचनमा एकाएक उदाएका रञ्जु दर्शना, किशोर नेपाल जस्ताले राम्रै मत ल्याएर नेपाली जनताले पनि अब परिवर्तनकारी शक्तिको आवश्यकता रहेको महशुस गराईसकेका थिए । यहि आधारमा पनि यो पटकको चुनाव सिंहको लागि मिश्र र शर्मा महासिंह बनेर नआउलान भन्न सकिन्न ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












