काठमाडौं–१ मा प्रकाशमान सिंहले आफ्नो ‘सिंहासन’ रवीन्द्र र अनिलबाट जोगाउन सक्लान ?
काठमाडौं, २४ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकलाई निकै चासोका साथ हेरिएको छ । नेपालकै राजधानी काठमाडौंको मुख्य क्षेत्र मानिएको १ नम्बर क्षेत्रमा चुनावी रौनकसँगै रोचकता पनि बढेकाे छ । पुस्तैनी कांग्रेसको राजनीति गर्दै आएका प्रकाशमानसँग लामो पत्रकारिता पेसा त्यागेर राजनीतिबाट देश बदल्ने अभियानमा लागेका रवीन्द्र मिश्र र बाम गठबन्धनका साझा उम्मेदवार अनिल शर्मा चुनावी मैदानमा उत्रिएका छन्।
रवीन्द्र मिश्र राजनीतिलाई नजिकबाट अध्ययन गरेका व्यक्ति हुन्। नेपाली काँग्रेसका वरिष्ठ नेता तथा ‘लाैहा पुरुष’ गणेशमान सिंहका पुत्र प्रकाशमानलाई राजनीतिको लामो अनुभव छ। त्यसैसगरी अनिल शर्मा माओवादी केन्द्र विद्यार्थी नेता हुन्। मिश्रले लण्डन विश्वविद्यालय बेलायतबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर समेत गरेका छन्। पत्रकारितामा लामो समय बिताएका मिश्रले नेपाली राजनीतिको हरेक अंश केलाउन सक्षम छन्।
वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनमा पहिलो पटक मैदानमा होमिएको साझा पार्टी र विवेकशील नेपाल मिलेर बनेको विवेकशील साझा पार्टीका उम्मेदवार मिश्र प्रत्येक मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन्।
नेपालमा पुराना राजनीतिक दलहरुले देशलाई अस्थिरताबाट बाहिर ल्याउन नसक्ने भएकोले वैकल्पिक शक्तिको आवश्यकता अनुरुप विवेकशील साझा पार्टी स्थापना गरेको बताउने मिश्रले मुलुकलाई परिवर्तन गरी छाड्ने अठोटका साथ मैदान होमिएको बताउँदै आएका छन्।
यसहिसाबले कांग्रेस नेता सिंहलाई काठमाडौं १ मा जीतको पुरानो रेकर्ड कायम राख्नु निकै चुनौतीपूर्ण छ । पत्रकारिता र परोपकारी कर्मबाट विश्राम लिएर राजनीतिमा होमिएका नवनेता मिश्रलाई पहिलो इनिङ्गमा नै राजनीतिक सफलता चुम्नु छ । उता शर्मालाई भने पार्टीको क्रान्तिकारी धार हराउँदै गएको भए पनि आफ्नो युवामय छवि उजिल्याउनु छ । शर्मालाई एमालेका लागि वाम गठबन्धनको ओत लागेका कारण काठमाडौं १ जिते उपलब्धि, हारे हर्ष न विस्मातको चुनावी खाल मात्रै हुनेछ ।
क्षेत्र नम्बर १ मा प्रकाशमानको स्थान सुरक्षित रहेको क्षेत्र नै मान्न सकिन्छ। तर, के उनको अतित भैसकेको जीतको गाथा दोहोरिएला त ? उनलाई फेरि एक पटक निकै खरो चुनावी परीक्षा छ । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार सिंहले चुनावमा चुनौती महसुस गरे पनि जनता बहकाउमा नलागेर आफूलाई भोट दिने विश्वास व्यक्त गर्छन।
पटक-पटक टेष्टेड सिंहका सामु अनटेष्टड मिश्र र शर्मा काठमाडौं १ का लागि नयाँ अनुहारको सामना गर्न भने त्यति सहज छैन् । स्थानीय तह निर्वाचनमा एकाएक उदाएका रञ्जु दर्शना, किशोर नेपाल जस्ताले राम्रै मत ल्याएर नेपाली जनताले पनि अब परिवर्तनकारी शक्तिको आवश्यकता रहेको महशुस गराईसकेका थिए । यहि आधारमा पनि यो पटकको चुनाव सिंहको लागि मिश्र र शर्मा महासिंह बनेर नआउलान भन्न सकिन्न ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












