चार युवतीलाई भारतको बाटो हुँदै कुबेत पठाईदिन खोज्ने युवक पक्राउ
महोत्तरी, २४ कात्तिक । भारतको बाटो हुँदै कुबेत पठाइदिने प्रलोभन देखाएर एक युवाले चार युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका– ८ बस्ने सूर्यबहादुर कालिकोटेका छोरा २६ वर्षीय टेकबहादुर कालिकोटे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।
पक्राउ परेका युवक कालिकोटेले सिन्धुपाल्चोक जिल्लाको हेलम्बू गाउँपालिका– ५ बस्ने २० वर्षीया उषा तामाङ, महाकाल गाउँपालिका– ७ बस्ने २० वर्षीया कुलमाया तामाङ, बाँसखर्क गाउँपालिका ३ बस्ने २० वर्षीया रञ्जना तामाङ र सिन्धुलीको मरिणखोला गाउँपालिका– ५ बस्ने २२ वर्षीया कान्छीमाया तामाङलाई भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी उनीहरुको उद्धार गरेको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।
जिल्लाको पश्चिममा पर्ने सम्सी सीमानाका हुँदै गएराति १० बजे चार युवतीसहित भारत बिहारको सीतामढी जिल्लास्थित कन्हमा शहर प्रवेश गर्न लागेको अवस्थामा सम्सी गाउँपालिका– ६ स्थित बाटोमा सीमा गस्तीमा रहेका प्रहरीको टोलीले शंका लागि जाँच गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा ल्यइएका ती युवतीलाई अभिभावक बोलाएर घर पठाउने र उनीहरुलाई भारत लैजाने युवक कालिकोटेमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












