मोरङ १ का उम्मेदवारको कार्यसूची: पर्यटन विकास
उर्लाबारी,मोरङ, २६ कात्तिक । मोरङ निर्वाचन क्षेत्र नं १ सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिए पनि सो क्षेत्र पर्यटकीय हिसाबले भने निकै महत्वपूर्ण मानिन्छ ।
पूर्वपश्चिम राजमार्गदेखि उत्तरमा रहेका क्षेत्रलाई समेटेर निर्माण भएको एक नं निर्वाचन क्षेत्रका अधिंकाश भूभाग पहाडी तथा दुर्गम क्षेत्रमा पर्छन् । जिल्लाका उर्लाबारी नगरपालिका तथा लेटाङ, मिक्लाजुङ र केराबारी गाउँपालिकालाई समेटेर एक नं निर्वाचन क्षेत्र बनाइएको हो । सो क्षेत्रका सबै स्थानीय तहमा पर्यटकीय क्षेत्रको सम्भावना रहेको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि सो क्षेत्रका उम्मेदवारहरु पर्यटकीय क्षेत्रको विकास गर्ने मुख्य कार्यसूची बोकेर चुनावी मैदानमा उत्रिएका छन् ।
यस निर्वाचन क्षेत्रको सबैभन्दा बढी पर्यटकीय क्षेत्रको सम्भावना बोकेको केराबारी गाउँपालिकामा अवस्थित जेफाले डाँडा हो । एक हजार ९७० मि उचाइमा रहेको जेफाले दृश्यावलोकन स्तम्भबाट पूर्वका १६ जिल्लाका साथै सूर्याेदय, सूर्यास्त, हिमाल, पहाड र तराईको दृश्यावलोकन गर्न सकिन्छ । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडाले छिनछिनमा हुस्सु र कुहिरो लाग्ने भएकाले पर्यटकको मन लोभ्याउने गरेको छ । जेफाले क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी त्यहाँ पुग्ने पर्यटकलाई खान बस्नको सुविधा प्रदान गर्ने उद्देश्यले घरबास कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ ।आवश्यक प्रचारप्रसार र त्यहाँसम्म पुग्ने सडक यातयातको समस्याले गर्दा भने सो पर्यटकीय क्षेत्रको विकास तीव्र रुपमा हुन सकेको छैन ।
मोरङ–१ मा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा (एमाले) का घनश्याम खतिवडाले रासससँग कुरा गर्दै जेफाले डाँडालाई प्रदेश नं १ कै एउटा मुख्य पर्यटकीय क्षेत्र बनाउन सबैभन्दा पहिले पूर्वपश्चिम राजमार्गबाट सहज रुपमा सडक यातायात विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सडक सञ्जालले यस क्षेत्रलाई जोड्न सकेमा धनकुटाको भेडेटार जस्तै पूर्वी नेपालको पर्यटन केन्द्रका रुपमा विकास गर्न सम्भवाना छ । उहाँले भन्नुभयो “जेफालेसहित यस क्षेत्रमा रहेका अन्य पर्यटनको सम्भावना बोकेका क्षेत्रको विकास गर्दै स्थानीयवासीको जीवनस्तरमा सहयोग पु¥याउनु मेरो लक्ष्य रहनेछ ।”
यस्तै सोही निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार जिल्ला सभापति एवं पूर्वसांसद डिगबहादुर लिम्बूले पनि यस क्षेत्रको पर्यटकीय विकासलाई नै आफ्नो मुख्य चुनावी कार्यसूची बनाउनुभएको छ । उत्तरी मोरङमा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहे पनि राजनीतिक अस्थिरताले विकास हुन नसकेको बताउँदै नेता लिम्बूले आगामी निर्वाचनमा आफू विजयी भएमा आफ्नो मुख्य ध्यान यसैमा केन्द्रित रहनेछ भन्नुभयो ।
यस निर्वाचन क्षेत्रमा सिमसारको शहरका रुपमा चित्रित उर्लाबारी नगरपालिकामा छ सिमसार क्षेत्र, मिक्लाजुङ डाँडा, नेसेलुङ डाँडा, गुफापोखरी, धोजेडाँडा, राजारानी ताल, जाँते झरना, धिमाल ग्रामथान, चुलीपोखरीलगायत क्षेत्रले पर्यटकीय सम्भावना बोकेकाछन् ।
हाल चुनावी प्रचारप्रसार अभियानमा पनि यी दुवै उम्मेदवारले पर्यटकीय क्षेत्रको विकाससँगै विकास निर्माणलाई नै मुख्य कार्यसूची बनाउनुभएको छ । सडक यातयातको विस्तार र विकाससँगै उत्तरी मोरङलाई पर्यटकीय क्षेत्रका रुपमा विकाश गर्ने भन्दै दुवै उम्मेदवार मत माग्न मतदाताकहाँ पुग्ने गर्नुभएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा पनि यी दुवैबीच प्रतिस्पर्धा भएको थियो जसमा लिम्बूले दुई हजार २१३ मतान्तरले खतिवडालाई हराउनुभएको थियो ।
सो निर्वाचन क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अशोक चेम्जोङ, नेपाल संघीय समाजवादी पार्टीबाट नरेन्द्रशम्शेर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका फिपराज लिम्बू, नयाँ शक्ति पार्टीबाट हरिप्रसाद न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, संघीय समाजवादी फोरम नेपालबाट राजकुमार लिम्बू तथा स्वतन्त्रबाट यामप्रसाद दाहाल र भीमबहादुर तामाङ पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सो निर्वाचन क्षेत्रमा एक लाख सात हजार २३५ मतदाता छन् । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












