रोल्पामा माओवादी शीर्ष नेता मार्ने प्रयासः ओनसरी घर्ती, कृष्ण महरा लक्षित गरी बम प्रहार
काठमाडौं, १ मंसिर । रोल्पामा सभामुख ओनसरी घर्ती मगर र माओवादी नेता कृष्णबहादुर महरालाई लक्षित गरी बम प्रहार भएको छ । लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलमा घर्ती, महरा लगायत माओवादी नेता चढेको गाडीमा बम प्रहार भएको हो । उनीहरू फरकफरक गाडीमा सवार थिए ।
भदौरे जंगलको भीरबाट नेताहरुको गाडी भन्दा १० मिटर अगाडि बम प्रहार भएको नेताहरुसँगै रहेका उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
उनीहरू सुलिचौरबाट लिवाङका लागि प्रहरी स्कटिङमा लिवाङ जाँदै थिए । बम प्रहार भए लगत्तै प्रहरीले भदौरे भीरमा घेरा हालेर बम प्रहार गर्ने अज्ञात समूहको खोजी गरिरहेको छ ।
सभामुख घर्ती लगायत बर्षमान पुन र महरा कार्यक्रम आयोजना गरिएको लिवाङमा पुगिसकेका छन् । लिवाङ पुगेपछि नेता महराले बम आक्रमण हुनु अराजनीतिक भएको प्रतिक्रिया दिएका छन् । महरा कार्यक्रममा सहभागी हुन दाङबाट रोल्पा आएका हुन भने रोल्पा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका वर्षमान र सभामुख ओनसरी रोल्पामै थिए ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












