कपिलवस्तुमा चार जनामा डेंगु फेला
कपिलवस्तु, ३ मंसिर । यहाँ डेंगु रोगका चार बिरामी फेला परेका छन् । बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षणमा आएका विरामीको स्वास्थ्य जाँच गर्दा डेंगु देखिएको बताइएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदा निको नभएपछि स्वास्थ्यचौकीमा आएका बिरामीलाई डेंगु परीक्षणका लागि अञ्चल अस्पताल बुटवल सिफारिस गरिएको थियो । चारमध्ये तीन बिरामी उपचारपछि घर फर्केको र केहीको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ ।
बरकुलपुर स्वास्थ्य चौकी इन्चार्ज चन्द्रावती अधिकारीका अनुसार डेंगु लागेका बिरामीमा अत्यधिक ज्वरो आउने तथा टाउको, आँखा र हाडजोर्नी दुख्ने लक्षण देखिने गरेको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले डेंगुबारे सचेत गराउँदै सर्वसाधारणलाई लामखुट्टेको टोकाइबाट बच्न झुलभित्र सुत्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । रासस
Comments
अरु समाचार
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...












