दिगो विकास लक्ष्य हासिल गर्न समन्वय आवश्यक
काठमाडौँ, ५ मंसिर । दिगो विकास लक्ष्य हासिल गर्न सार्वजनिक निजी क्षेत्रबीच समन्वय गर्दै काम गर्नुपर्नेमा सम्बन्धीत संस्थाका प्रतिनिधिले जोड दिनु भएको छ । सन् २०३० सम्म विश्वबाट सबै प्रकारका गरिबी उन्मूलन गरी आर्थिक समृद्धि गर्ने महत्वकांक्षा बोकेको सो लक्ष्यलाई सन् २०१५ मा सम्पन्न राष्ट्र संघीय साधारणसभाले पारित गरेको थियो । सन् २०१६ बाट कार्यान्वयनमा आएको सो लक्ष्यअन्तर्गत १७ प्रमुख बुँदा रहेका छन् ।
राष्ट्र संघीय विकास कार्यक्रम र नेपालस्थित गणतन्त्र कोरिया दूतावासद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘दिगो विकासका लागि निजी क्षेत्रको भूमिका’ विषयक गोष्ठीका सहभागीले गरिबी निवारणका लागि निजी क्षेत्रको भूमिका अहं हुने हुँदा लगानीमैत्री वातावरण आवश्यक पर्ने सुझाव दिनुभयो ।
कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना भए पनि सम्भावनाअनुसारका लगानी नभएको भन्दै सहभागीले ती क्षेत्रमा थप विदेशी लगानी भित्र्याउन आवश्यक भएकोमा जोड दिनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले दिगो विकासका लक्ष्य प्राप्तिका लागि सरकारले आफ्ना नीति, योजना तथा कार्यक्रमलाई सोहीबमोजिम बनाएको जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गरेको चर्चा गर्दै ठूला विकास योजनामा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन गर्न सरकारले सहजीकरण गर्र्दै आएको बताउनुभयो । उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडाले युवा वर्गलाई स्वदेशमा नै आफ्नो ज्ञान, सीपको उपयोग गर्ने वातावरण तयार गर्न सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
ग्लोबल कम्प्याक्ट नेपालका उपाध्यक्ष प्रदीप वैद्यले दिगो विकास लक्ष्य हासिल गर्न सार्वजनिक निजी क्षेत्रबीच समन्वयको खाँचो औँल्याउनुभयो । गणतन्त्र कोरियाका नेपालस्थित राजदूत पार्क योङ सिकले नेपालले कृषि, पर्यटन र जलस्रोतलाई बढी उपयोग गर्नसके दिगो विकास लक्ष्य हासिल गर्न सजिलो हुने बताउनुभयो। राष्ट्र संघीय विकास कार्यक्रमका देशीय निर्देशक भ्यालरी जुलीयाडले दिगो विकास लक्ष्य हासिल गर्न आर्थिक समृद्धिमा ध्यान दिन सुझाव दिनुभयो ।रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












