दिगो विकास लक्ष्य हासिल गर्न समन्वय आवश्यक
काठमाडौँ, ५ मंसिर । दिगो विकास लक्ष्य हासिल गर्न सार्वजनिक निजी क्षेत्रबीच समन्वय गर्दै काम गर्नुपर्नेमा सम्बन्धीत संस्थाका प्रतिनिधिले जोड दिनु भएको छ । सन् २०३० सम्म विश्वबाट सबै प्रकारका गरिबी उन्मूलन गरी आर्थिक समृद्धि गर्ने महत्वकांक्षा बोकेको सो लक्ष्यलाई सन् २०१५ मा सम्पन्न राष्ट्र संघीय साधारणसभाले पारित गरेको थियो । सन् २०१६ बाट कार्यान्वयनमा आएको सो लक्ष्यअन्तर्गत १७ प्रमुख बुँदा रहेका छन् ।
राष्ट्र संघीय विकास कार्यक्रम र नेपालस्थित गणतन्त्र कोरिया दूतावासद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘दिगो विकासका लागि निजी क्षेत्रको भूमिका’ विषयक गोष्ठीका सहभागीले गरिबी निवारणका लागि निजी क्षेत्रको भूमिका अहं हुने हुँदा लगानीमैत्री वातावरण आवश्यक पर्ने सुझाव दिनुभयो ।
कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना भए पनि सम्भावनाअनुसारका लगानी नभएको भन्दै सहभागीले ती क्षेत्रमा थप विदेशी लगानी भित्र्याउन आवश्यक भएकोमा जोड दिनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले दिगो विकासका लक्ष्य प्राप्तिका लागि सरकारले आफ्ना नीति, योजना तथा कार्यक्रमलाई सोहीबमोजिम बनाएको जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गरेको चर्चा गर्दै ठूला विकास योजनामा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन गर्न सरकारले सहजीकरण गर्र्दै आएको बताउनुभयो । उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडाले युवा वर्गलाई स्वदेशमा नै आफ्नो ज्ञान, सीपको उपयोग गर्ने वातावरण तयार गर्न सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
ग्लोबल कम्प्याक्ट नेपालका उपाध्यक्ष प्रदीप वैद्यले दिगो विकास लक्ष्य हासिल गर्न सार्वजनिक निजी क्षेत्रबीच समन्वयको खाँचो औँल्याउनुभयो । गणतन्त्र कोरियाका नेपालस्थित राजदूत पार्क योङ सिकले नेपालले कृषि, पर्यटन र जलस्रोतलाई बढी उपयोग गर्नसके दिगो विकास लक्ष्य हासिल गर्न सजिलो हुने बताउनुभयो। राष्ट्र संघीय विकास कार्यक्रमका देशीय निर्देशक भ्यालरी जुलीयाडले दिगो विकास लक्ष्य हासिल गर्न आर्थिक समृद्धिमा ध्यान दिन सुझाव दिनुभयो ।रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












