डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी
डडेल्धुरा, ५ मंसिर । डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी गरेका हुन् भने भागेश्वर गाउँपालिमा सोमबार तालावन्दी गरिएको छ ।
कुल ११ वडा रहेको अमरगढी नगरपालिकाका पाँच जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्यले विभिन्न माग राखी नगरपालिकाको प्रमुखको कार्यकक्ष, लेखा शाखा र कार्यकारी अधिकृतको कार्यालयमा तालबन्दी गरेका हुन् । त्यस्तै भागेश्वर गाउँपालिकामा पाँच वडाध्यक्ष र गाउँपालिका सदस्यले सदरमुकाम र अन्य माग राखी तालाबन्दी गरेको बुझिएको छ ।
नगरवडाको वडा कार्यालयको स्थापना गरिनुपर्ने, अमरगढी नगरपालिकाको निर्माणाधीन भवन मापदण्ड विपरीत निर्माण भइरहेको र सो कार्य रोकिनपर्ने माग राखी तालाबन्दी गरिएको वडा नं ६ का अध्यक्ष गोविन्द भट्टले बताउनुभयो । आचारसंहिता लागू भएका समयमा नगरप्रमुखको एकल निर्णयमा मेयर कपको भलिबल खेलका लागि रु एक लाख ७५ हजार दिएको, ऐन कानून नबनाइकनै कार्यक्रम सञ्चालन गरिरहेकोलगायतका विषयलाई लिएर तालाबन्दी गर्नुपरेको अमरगढी नगरपालिका–३ का वडाध्यक्ष गोविन्द बोहराले जानकारी दिनुभयो ।
त्यस्तै कुनै जानकारी नदिई, गाउँपालिकाको बैठकमा छलफल नै नगरी राजनीतिक पूर्वाग्राही ढंगले गाउँपालिकामा तालाबन्दी गर्नुको अर्थ नहुने भागेश्वर गाउँपालिका प्रमुख कौशिला भट्टले बताउनुभयो । नगरपालिकामा काँग्रेसबाट चुनाव जितेका जनप्रतिनिधिले ताला लगाएका हुन् भने भागेश्वर गाउँपालिकामा एमालेबाट चुनाव जितेका वडाध्यक्षले ताला लगाएका छन् ।
नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख जितेको भए पनि वडा र कार्यपालिकामा काँग्रेसको बहुमत छ । भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसले जितेको भए पनि गाउँ कार्यपालिकामा एमालेको बहुमत छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












