नारायणगढ–मुग्लिन सडक: सवारी रोक्दै भित्तो काट्ने काम प्रभावकारी भएन
चितवन, ७ मंसिर । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि केहीबेर सवारी रोक्दै भित्तो काट्दै गर्ने काम प्रभावकारी हुन सकेको छैन । निर्वाचनका कारण यात्रुले दुःख पाउने भन्दै स्थानीय प्रशासनले दिनमा चारपटक सवारी रोकेर भित्तो काट्न भनेको भए पनि यसरी काम गर्दा प्रभावकारी हुन नसकेको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनाल कालोपत्र गर्ने ठाउँमा पनि एकतर्फी सवारी रोकेर काम गर्नुपर्ने भएकाले भित्तो काट्न लागिएको तीन ठाउँमा सवारी रोक्दा व्यावहारिक नदेखिएको बताउनुहुन्छ ।
उहाँका अनुसार सवारी रोकेर काम थालेलगत्तै एम्बुलेन्स आउने, सुरक्षा निकायका सवारी आउने, अन्य अत्यावश्यक सवारी आउने भएकाले ती सवारीलाई आडैमा रोकिराखेर काम गर्न सम्भव हुन नसकेको हो । ती अत्यावश्यक सवारीलाई बाटो खोल्दा अरु सवारी पनि सँगसँगै जबर्जस्ती जाने गरेका छन् । एक घण्टा सवारी रोक्दा आधा घण्टा भित्तो काट्ने र आधा घण्टा बाटो सफा गर्नुपर्ने भएकाले पनि काम प्रभावकारी हुन नसकेको खनालले बताउनुभयो ।
सोही सडकका तीनवटै खण्डमा कालोपत्र भइरहेको छ । सडकको आधा भागमा कालोपत्र गर्दा अर्को आधा भागमा एकतर्फी सवारी सञ्चालन गरिँदै आएको छ । पालैपालो ती सवारी आवतजावत गर्दै आएका छन् । हालसम्म उक्त सडकखण्डको ११ किमी क्षेत्रमा कालोपत्र गरिएको छ । पहिलो तह सकिएर ती क्षेत्रमा दोस्रो तहको पनि पाँच किमी भाग कालोपत्र गरिएको छ ।
गत सोमबारबाट सवारी रोक्दै भित्तो काट्दै गरिँदै आएको छ । जसअनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, ११ देखि १२ बजेसम्म, दिउँसो १ देखि २ बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने काम भइरहेको छ । यसअघि गत हिउँदको समयमा दिनभर सवारी रोकेर भित्तो काट्ने काम भएको थियो । सडकको नारायणगढबाट १६ किमी ३०० मिटर, घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी ३०० मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी छ ।
हालसम्म ६० प्रतिशतमात्रै काम भएको छ । आयोजनाका इञ्जिनियर खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्र गर्नुपर्ने हुन्छ । एक दिनमा ३०० मिटर हाराहारीका दरले कालोपत्र गर्न सकिएको उहाँले बताउनुभयो । नारायणगढ–मुग्लिन सडकखण्डको ३४ किमी खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किमीसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्र गरिने छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












