चुनढुंगा र फलामखानीको उत्खनन गरिने
पाल्पा, ७ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले पाल्पा जिल्लामा चुनढुंगा खानीको प्रचुर सम्भावना भएकाले त्यसलाई उत्खनन गरिने बताउनुभएको छ । एउटा खानीबाट मात्र दैनिक छ हजार मेट्रिक टन चुनढुंगा निकाल्दा मात्र १५० वर्षसम्मलाई पुग्न सक्ने भएकाले त्यसको प्रयोगबाट जिल्लाको आम्दानीको स्रोत बढाउन सकिने उहाँको भनाइ छ । चुनढुंगा सिमेन्ट बनाउनका लागि प्रयोग गरिन्छ ।
उहाँले आशन्न निर्वाचनमा वाम गठबन्धनले जितेमा जिल्लाको गोठादी, रहबास र ज्यामिरेमा चुनढुंगा उद्योग खोल्ने जनाउनुभयो । पाल्पाको तिनाउ गाउँपालिकाभित्रका विभिन्न वडा र रैनादेवी छहरा गाउँपालिकाको सिद्धेश्वरबाट दैनिकरुपमा रुपन्देही र नवलपरासी जिल्लामा चुनढुंगा निकासी हुँदै आएको छ ।
चुनढुंगाको अलवा सिद्धबाबाको ढुंगालाई निर्माण कार्यमा प्रयोग गर्न सकिने अनुसन्धानले देखाएको छ । पाल्पामा फलामखानीको पनि सम्भावना रहेको अध्ययन र अनुसन्धानले देखाएको छ । तिनाउ गाउँपालिकाको कोलडाँडास्थित विष्णुडाँडामा फलाम र तामाखानी रहेको मानिन्छ । पाल्पा र नवलपरासी जिल्लाको सीमावर्ती क्षेत्रमा समेत फलामखानी रहेको पाण्डेयले बताउनुभयो ।
पाल्पा निर्वाचन क्षेत्र नं २ अन्तर्गत रैनादेवी छहरा गाउँपालिकाको विकट मानिएका बल्ढेङ्गढी, जुठापौवा, सत्यवतीलगायत क्षेत्रको विकास गर्ने उहाँले बताउनुभयो । तानसेनको चहलपहल घटेको र अहिले फेरि चहलपहल हुने गरी विकास गर्ने योजना अघि बढाउने उहाँले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












