निकुञ्जका घाँसे मैदान व्यवस्थापनको कार्यमा तीव्रता

चितवन, ८ मंसिर । हिलो र बालुवाले पुरिएको चितवन राष्ट्रिय निकुञ्जभित्रको घाँसे मैदानको व्यवस्थापन कार्य तीव्ररुपमा अगाडि बढाइएको छ । साउनको अन्तिम साता आएको बाढीका कारण निकुञ्जभित्रको घाँसे मैदान हिलो र बालुवाले पुरिएको थयो । हिलो र बालुवाले पुरिएको घाँसे मैदानको व्यवस्थापनसँगै बाढीले बिगारेको वन पथको मर्मत सम्भार र अग्निरेखा निर्माण कार्य पनि भइरहेको छ ।
बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका घाँसे मैदानमा बालुवा र हिलो भरिएको थियो भने घाँसे मैदानमाथि फोहर पनि थुप्रिएको थियो । निकुञ्जभित्रका चुरेबाट बग्ने खोलाले पनि घाँसे मैदान बिगारेका थिए । वन पथमा रहेका काठका पुल र बाटो बाढीले बगाएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीलगत्तै थालिएको घाँसे मैदानको व्यवस्थापन कार्यलाई अहिले तीव्र गतिमा अगाडि बढाइएको छ । उहाँका अनुसार निकुञ्जका २२ ठाउँमा दैनिक ७०० भन्दा बढी मजदुरले घाँसे मैदान व्यवस्थापन गरिरहेका छन् ।
निकुञ्जको सुखीभार, भिम्ले, अमलटारी टापू, लामीताल, घडगाई, जर्नेली, डुमरिया, गैँडा ताल, ध्रुवा दक्षित, हिले घाट, अमरटारी घाट, बाघमारा फाँट, भोसारघाट, बूढी राप्ती, चम्का फाँट, चिसापानी, देउराली, घोल टापू, तमोर ताल र ढोटरी ताल फाँटमा घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ ।
हिलो र बालुवाले पुरेको ठाउँ सफा गर्ने, ढड्डी फाड्ने, नयाँ ठाउँ खोजी गरी घाँसे मैदान विस्तार गर्नेलगायतका काम भइरहेको उहाँले बताउनुभयो । हिलो र बालुवाका कारण व्यवस्थापन गर्न कठिन भएका क्षेत्रको आसपासमा नयाँ ठाउँको खोजी गरी घाँसे मैदान व्यवस्थापन गर्ने काम गरिएको छ । निकुञ्जभित्रका ठाउँठाउँमा पुग्नका लागि १२ वटा वन पथ रहेका छन् । ८१ किमी लामो वन पथमा भत्किएका पुल र बाटो मर्मत गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
निकुञ्जभित्रकै तीन ठाउँमा अग्निरेखा निर्माणको काम पनि भइरहेको छ । घडगाईमा दुई किमी, सुरुङ खोलामा पाँच किमी र कछुवानी पूर्वमा १० किमी लामो अग्निरेखा बनाउने काम भइरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्जको कूल क्षेत्रफलको १२ प्रतिशत जमिन घाँसे मैदान छ । निकुञ्जमा १० हजार हेक्टर जमिन घाँसे मैदान हो । जसमध्ये हरेक वर्ष एक सय हेक्टर घाँसे मैदानलाई व्यवस्थापन गरिँदै आएको छ । पानीका स्रोतसँगै घाँसे मैदान व्यवस्थापन गर्ने गरिन्छ । त्यसैले नदी, खोला खोल्सा नजिक घाँसे मैदान रहेका छन् । निकुञ्ज हुँदै बग्ने ठूलो नदी राप्तीमा बाढी आएपछि चुरे पहाडबाट निकुञ्ज हुँदै राप्तीमा मिसिने खहरे खोला खोल्सामा लेदोसहितको बाढीले घाँसे मैदान पुरेपछि समस्या उत्पन्न भएको थियो ।
निकुञ्जमा गैँडा, लघुना, मृग, जरायो, नीलगाईलगायत घाँसमा आश्रित जनावर धेरै रहेका छन् । निकुञ्जमै बाघको संख्या बढ्दै गएकाले आहारा प्रजातिका जनावरको संख्या पनि बढाउनु पर्ने चुनौती निकुञ्जसँग रहेको छ । जसका लागि व्यवस्थित घाँसे मैदान निर्माण गरी खुवाउनु पर्ने हुन्छ । पानीको स्रोतको आसपासमा मात्रै घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने भएकाले नयाँ व्यवस्थित ठाउँको खोजीमा निकुञ्ज लागेको छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












