नेपालमा पहिलो ह्यग्रिव मन्दिर निर्माणका लागि महायज्ञ शुरु
काठमाडौँ, ८ मंसिर । नेपालमै पहिलो ह्यग्रिव मन्दिर निर्माणका लागि सहयोग जुटाउन लक्ष्मी ह्यग्रिव महायज्ञ शुरु भएको छ । वाग्मती, कोलमती र चोलमती नदीको संगमस्थल कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी, थलीस्थित कोलमतेश्वर महादेव मन्दिरमा पहिलोपटक लक्ष्मी ह्यग्रिव महायज्ञ शुरु भएको हो । पहिलो ह्यग्रिव मन्दिर पनि यही स्थलमा बनाइने यज्ञ सम्पादन समितिले जनाएको छ ।
विवाह पञ्चमीका अवसरमा बिहीबारदेखि शुरु भएको महायज्ञ मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ । २०७२ वैशाख ८ गतेदेखि मन्दिर निर्माणका लागि सहयोग जुटाउन महायज्ञ शुरु गरिएकामा वैशाख १२ गतेको भूकम्पले अवरुद्ध भएकाले यसपटक पुनः शुरु गरिएको समिति अध्यक्ष जयराम सिम्खडाले बताउनुभयो । महायज्ञको संकल्प रुरुक्षेत्र पीठाधीश स्वामी श्री जगदीश प्रपन्नाचार्यले गर्नुभएको हो । ह्यग्रिव भन्नाले घोडाको घाँटी भन्ने बुझिन्छ । १८ पुराणमध्येको श्रीमदभागवत्मा वर्णन गरिएअनुसार भगवान् विष्णुका २४ अवतारमध्ये ह्यग्रिव अवतार पनि एक हो ।
ह्यग्रिव अवतारका भगवान्को कृपाले सद्बुद्धि, विद्या, स्मरण शक्ति, निर्णय शक्ति प्राप्त हुने भएकाले महायज्ञ आयोजना गरिएको संकल्पकर्ता जगदीश प्रपन्नाचार्यले बताउनुभयो ।महायज्ञको शुरु गर्दै प्राडा ऋषिराम पोखरेलले हिमवत्खण्डमा उल्लेख भएअनुसार वाग्मतीको शिरो भागमा धेरै तीर्थस्थल रहेकाले तिनको प्रचारप्रसार गर्न सके धार्मिक पर्यटन प्रवद्र्धन हुने बताउनुभयो । महायज्ञमा यशोदादेवीले कथा वाचन गर्ने आयोजक समितिले जनाएको छ । महायज्ञमा राष्ट्र शान्ति, भूकम्प, बाढी पहिरोलगायत घटनामा परी पीडित भएका आत्माको शान्तिको समेत कामना गरिने जनाइएको छ । रासस
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












