प्राविधिक र व्यावसायिक शिक्षा विषयमा स्नातकोत्तरको पढाइ हुँदै
काठमाडौँ, ९ मंसिर । प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास सम्बन्धी स्नातकोत्तर तहमा अध्ययन अध्यापन शुरु हुने भएको छ । काठमाडौँ विश्वविद्यालय केयु अन्तर्गतको स्कुल अफ एजुकेशनले दक्षिण एशियामा नै पहिलो पटक आगामी वर्षदेखि सो विषयमा अध्यापन शुरु गर्न लागेको हो । नेपालमा हाल सो विषयमा स्नातक तह वा सो सरहसम्म मात्र अध्यापन भइरहेको छ ।
सार्क क्षेत्रका देशले समेत यस विषयमा सो तहमा अध्यापन शुरु नगरेका बताइन्छ । “एकातर्फ सरकारी विश्वविद्यालयबाट उत्पादन भएका जनशक्तिले बजारमा आफ्नो ज्ञान र सीप बेच्न मुस्किल छ अर्कोतर्फ निजी क्षेत्रले खोजेको जनशक्ति बजारमा पाउन धौधौ छ । यस्तो अवस्थालाई अन्त्य गर्न बजारको माग अनुरुप नयाँ विषयमा अध्यापन शुरु गर्न लागेका हौँ ।” केयु स्कुल अफ एजुेकेशनका डिन प्राडा महेशनाथ पराजुलीले भन्नुभयो ।
उहाँका अनुसार दुई वर्षे सो कोर्स चार सेमेष्टरमा पूरा हुनेछ । हरेक सेमेष्टरमा अभ्यास प्राक्टिकल गर्ने पर्ने बाध्यता रहेको छ । अभ्यासका लागि केयुको आफ्नै तालीम केन्द्र समेत रहेको छ । पाठ्यक्रमका लागि शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक तालीम तथा शिक्षा परिषद्सँग सहकार्य भएको छ । सो कोर्स पूरा गर्न रु तीनलाख शुल्क लाग्ने जनाइएको छ ।
प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास विषय अन्तर्गत प्राविधिक र व्यावसायिक गरी अलग÷अलग विधा अन्तर्गत २५÷२५ जना गरी कूल ५० जना विद्यार्थीलाई मात्र अध्यापन गराउने डिन प्राडा पराजुलीले जानकारी दिनुभयो ।
अध्यापन हुने विषयका पाठ्यक्रम अन्तिमचरणमा पुगेको विश्वविद्यालयले जनाएको छ । यसका लागि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित अन्य मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघलगायत प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास सहयोग गरिरहेका नेपालस्थित दातृ निकायसँग समन्वय एवं छलफल समेत भइरहेको केयु स्कुल अफ एजुकेशनका प्राध्यापक डा प्रकाश भट्टराईले जानकारी दिनुभयो ।
एक अध्ययनका अनुसार नेपालको आर्थिक एवं सामाजिक विकासमा सहयोग गरेका अन्तर्राष्ट्रिय दातृ निकायका सहयोगमध्ये एक तिहाइ सहयोग नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापनमा नै खर्च हुने बताइएको छ । उसो त भूकम्प पुनःनिर्माण अन्तर्गत कति रकम प्राविधिक र व्यावसायिक शिक्षा तालीममा खर्च भइरहेको छ भन्ने एकीन जानकारी कुनै निकायसँग छैन ।
नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापनका कार्यक्रम शुरु भएको ७० वर्ष पूरा भइसकेको छ । “यस विषयको अध्ययनबाट स्वरोजगारी हुने त छँदैछ, नेपालको भूगोल अनुसारको यहाँ कस्तो सीप, दक्षता आवश्यक पर्छ ,यस अनुरुपका कृषि, पर्यटन, वन लगायतका क्षेत्रमा अध्ययनकर्ताले आफ्ना ज्ञान र सीपको सही उपयोग गर्नेछन् ।” प्राडा भट्टराईले भन्नुभयो ।
पछिल्लो समय प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण ह्वात्तै बढे पनि अध्ययन गरेअनुसारको रोजगारी स्वदेशमा पाउन नसक्दा विदेशिनेको संख्या पनि बढेको छ । वन, कृषि, स्वास्थ्य, पर्यटन, व्यवस्थापनलगायतका जुनसुकै विषयमा स्नातक गरेका अथवा ती विषय उत्तीर्ण गरी उच्च व्यवस्थापनमा काम गरिरहेकाले सो विषय अध्ययन गर्न सक्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले सीप सिक्ने र सिकाउने बीचमा व्यवस्थापन गरी स्वदेशभित्र नै आफ्ना ज्ञान र सीपको अधिकतम प्रयोग गर्नसक्ने बनाउन सो विषयको अध्यापनले टेवा पुग्ने विश्वास लिएको छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












